सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

सिंहदरबारभित्र यसरी हुँदैछ सरसफाइ र रंगरोगनको काम [तस्बिरहरु]

बिहीबार , असोज २ २०८२
सिंहदरबारभित्र यसरी हुँदैछ सरसफाइ र रंगरोगनको काम [तस्बिरहरु]

सिंहदरबारभित्रका अधिकांश भवन जलेका छन् भने पार्किङ गरेका सवारीसाधनहरूमा पनि आगजनी भएका छन्।

काठमाडौं- जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडका कारण खण्डहर बनेको सिंहदरबारभित्र सरसफाइ र रंगरोगन थालिएको छ। भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा क्षति पुगेका मन्त्रालय तथा कार्यालयका भवनहरुमा सरसफाइ गरी रंगरोगनको काम सुरु गरिएको हो।

आन्दोलन भड्किँदा सरकारको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारका मुख्य भवनहरूमा आगजनीले क्षति पुगेको थियो। गृह मन्त्रालय, राष्ट्रिय सतर्कता केन्द्र, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सडक विभाग, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अर्थ मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलगायत संरचनामा तोडफोड र आगजनी भएको थियो।

सिंहदरबारभित्रका अधिकांश भवन जलेका छन् भने पार्किङ गरेका सवारीसाधनहरूमा पनि आगजनी भएका छन्।

अहिले जलेर नष्ट भएका सरसामग्री सबै हटाउने र मर्मतसम्भारका काम भइरहेको छ।‍

singhadarbar rangrogan (3).jpg

pradhanmantri tatha mantriparisad1.jpg

singhadarbar rangrogan (2).jpg

singhadarbar rangrogan (4).jpg

singhadarbar rangrogan (1).jpg

singhadarbar rangrogan.jpg

pradhanmantri tatha mantriparisad.jpg

urja mantralaya.jpg


प्रकाशित : बिहीबार , असोज २ २०८२१५:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend