सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

जेनजी आन्दोलनको क्षति, २० अर्ब ७० करोड बीमा दाबी

बिहीबार , असोज २ २०८२
जेनजी आन्दोलनको क्षति, २० अर्ब ७० करोड बीमा दाबी

१८ वटा बीमा कम्पनीमा २० अर्ब ७० करोड बीमा दाबी परेको हो।

काठमाडौं- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको भौतिक क्षतिको २० अर्बभन्दा बढीको बीमा दाबी गरिएको छ।

निजी क्षेत्रका भौतिक संरचनामा पुगेको क्षतिको अहिलेसम्म २० अर्ब ७० करोड दाबी परेको नेपाल बीमा प्राधिकरणले जनाएको छ।

१८ वटा बीमा कम्पनीमा यति दाबी परेको हो। शिखर इन्स्योरेन्समा सबैभन्दा धेरै ३६६ वटा दाबी परेका छन् भने रकममा दी ओरिएन्टल इन्स्योरेन्सय कम्पनीमा ५ अर्ब १४ करोड रूपैयाँको दाबी परेको छ।

भदौ २४ गते आन्दोलनकारीहरूले विभिन्न व्यवसायीका निजी संरचना, नेताहरूका घर तथा गाडीमा तोडोफोड तथा आगजनी गरी क्षति पुर्‍याएका थिए। आगजनीबाट सबैभन्दा धेरै क्षति सरकारी संरचनाको भए पनि बीमा नभएकाले कम्पनीहरुको दायित्व यतिमै सीमित भएको हो।


प्रकाशित : बिहीबार , असोज २ २०८२१३:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend