सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री मोदीबीच कुराकानी, सहयोगको प्रतिबद्धता

बिहीबार , असोज २ २०८२
प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री मोदीबीच कुराकानी, सहयोगको प्रतिबद्धता

यसअघि मोदीले नेपालमा सुशीला कार्की नेतृत्वको सरकार गठन हुनु महिला सशक्तीकरणको उत्कृष्ट उदाहरण भएको टिप्पणी गरेका थिए।

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज फोनवार्ता भएको छ। बिहान ११ः३० बजे सुरु भएको वार्ता करिब २५ मिनेटसम्म चलेको थियो।

वार्ताका क्रममा प्रधानमन्त्री मोदीले नेपाल सरकारलाई भारतले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। नेपालमा हालै भएका दुःखद् घटनाप्रति समवेदना प्रकट गर्दै शान्ति र स्थिरता पुनःस्थापना गर्ने प्रयासप्रति भारतको अटुट समर्थन रहेको मोदीले जनाएका छन्।

वार्तापछि प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल ‘एक्स’मार्फत आफ्नो भनाइ सार्वजनिक गरेका छन्। उनले नेपालको संविधान दिवसको अवसरमा शुभकामना पनि व्यक्त गरेका छन्। 

गत भदौ २३ र २४ गते जेनजीले सुरु गरेको आन्दोलनको चपेटामा परेर केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी हुन्। प्रधानमन्त्री बनेलगत्तै मोदीले सामाजिक सञ्जालमार्फत बधाई दिँदै नेपालमा महिला नेतृत्वको उदयलाई ऐतिहासिक कदमका रूपमा व्याख्या गरेका थिए।

यस्तै गत शनिबार मणिपुरमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै मोदीले नेपालमा सुशीला कार्की नेतृत्वको सरकार गठन हुनु महिला सशक्तीकरणको उत्कृष्ट उदाहरण भएको टिप्पणी गरेका थिए।


प्रकाशित : बिहीबार , असोज २ २०८२१२:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend