सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

सिल्लेगडा-पुर्चौडी सडक तीन दिनदेखि अवरुद्ध

बिहीबार , असोज २ २०८२
सिल्लेगडा-पुर्चौडी सडक तीन दिनदेखि अवरुद्ध
फाइल तस्बिर।

गत मंगलबार पहिरो खसेको र लगातारको वर्षाले पहिरो खस्नेक्रम जारी रहेको छ।

बैतडी- लगातारको वर्षाले पहिरोले सिल्लेगडा-कालागाउँ-पुर्चौडी सडक तीन दिनदेखि अवरुद्ध रहेको छ।

उक्त सडकखण्डअन्तरर्गत दोगडाकेदार गाउँपालिका-२ को डाँडाइजर भन्ने ठाउँमा पहिरो खसेको रौलेश्वर मावि कफलकोटका प्राधानाध्यापक नरेन्द्र भाटले जानकारी दिए।

गत मंगलबार पहिरो खसेको र लगातारको वर्षाले पहिरो खस्नेक्रम जारी रहेको छ। सडक अवरुद्ध हुँदा सवारीसाधन पूर्णरुपमा बन्द हुनुका साथै पैदल हिँड्नसमेत जोखिम भएको छ।

स्थानीयहरुले पहिरो पन्छाउन सम्बन्धित निकायलाई आग्रह गरेका छन्। रासस


प्रकाशित : बिहीबार , असोज २ २०८२११:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend