सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

वीरगञ्ज भन्सार कार्यालयले दुई महिनामा उठायो ३९ अर्ब १५ करोड राजस्व

बिहीबार , असोज २ २०८२
वीरगञ्ज भन्सार कार्यालयले दुई महिनामा उठायो ३९ अर्ब १५ करोड राजस्व

वीरगञ्ज भन्सार कार्यालयले भदौ १२ गते एकै दिनमा दुई अर्ब ३७ करोड रूपैयाँ राजस्व संकलन गरेको छ।

पर्सा- वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दुई महिनामा ३९ अर्ब १५ करोड ५५ लाख रूपैयाँ राजस्व संकलन गरेको छ।

भन्सार विभागले चालु आवको दुई महिनासम्म कार्यालयलाई ४३ अर्ब तीन करोड रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेकामा सो अवधिमा लक्ष्यको ९० दशमलव ९९ प्रतिशत राजस्व संकलन गरेको हो। वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले भदौ महिनामा विषम परिस्थितिमा पनि राजस्व संकलन उत्साहजनक भएको बताए।

'साउनमा १८ अर्ब ४४ करोड रूपैयाँ राजस्व संकलन भएको थियो', उनले भने, 'भदौमा मासिक लक्ष्यको ९३ दशमलव ९७ प्रतिशत राजस्व संकलन गरेका छौँ।' 

वीरगञ्ज भन्सार कार्यालयले भदौ १२ गते एकै दिनमा दुई अर्ब ३७ करोड रूपैयाँ राजस्व संकलन गरेको छ।

त्यस्तैगरी भदौ १७ गते एक खर्ब ९२ करोड रूपैयाँ राजस्व संकलन गरेको छ। त्यस्तै भदौ २८ गते एक अर्ब ७१ करोड र भदौ ३१ गते भने एक अर्ब ११ करोड रूपैयाँ राजस्व संकलन गरेको छ। त्यस्तै जेनजीको प्रदर्शनका दिन भदौ २४ गते तीन करोड रूपैयाँ राजस्व संकलन भएको छ ।

त्यस्तै भदौ २६ गते ६ करोड र भदौ २७ गते भने ११ करोड रूपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ। कार्यालयले साउन महिनामा १८ अर्ब ४४ करोड रूपैयाँ राजस्व संकलन गर्‍यो भने भदौ महिनामा भने २० अर्ब १२ करोड रूपैयाँ राजस्व संकलन गरेको छ। रासस


प्रकाशित : बिहीबार , असोज २ २०८२१०:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend