सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

गुणस्तरहीन खाद्यान्न उत्पादन गर्ने व्यापारीविरुद्ध मुद्दा

बिहीबार , असोज २ २०८२
गुणस्तरहीन खाद्यान्न उत्पादन गर्ने व्यापारीविरुद्ध मुद्दा

अनुगमनका क्रममा संकलन गरिएका नमूना परीक्षणका क्रममा स्वास्थ्य प्रतिकूल हुने गरी मिसावट गरेका, म्याद गुज्रेको समान बिक्री गरेका व्यवसायीविरुद्ध  मुद्दा दायर गरिएको हो।

बागमती- खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले चार व्यवसायीविरुद्ध मुद्दा दायर गरेको छ। 

सो कार्यालय र मातहतका विभिन्न डिभिजन कार्यालयहरुबाट गरिएको अनुगमन तथा संकलित नमूनाको परीक्षणबाट देखिएको कैफियतका आधारमा चार जना व्यवसायीविरुद्ध दायर गरिएको हो।

कार्यालय प्रमुख बिमला पोखरेलका अनुसार आर्थिक वर्ष २०८१/८२ मा गरिएको अनुगमन तथा संकलित नमूनाको परीक्षणबाट देखिएको कैफियतका आधारमा मकवानपुरका तीन र सिन्धुलीका एक व्यवसायीविरुद्ध खाद्य स्वच्छता तथा गुणस्तर ऐनअन्तर्गत मुद्दा दायर गरिएको हो।

जिल्ला प्रशासन कार्यालय मकवानपुरमा दुई, जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा एक र मकवानपुर जिल्ला अदालतमा एक जनाविरुद्ध मुद्दा दायर गरिएको प्रमुख पोखरेलले बताइन्।

अनुगमनका क्रममा संकलन गरिएका नमूना परीक्षणका क्रममा स्वास्थ्य प्रतिकूल हुने गरी मिसावट गरेका, म्याद गुज्रेको समान बिक्री गरेका व्यवसायीविरुद्ध  मुद्दा दायर गरिएको हो।

विभिन्न उद्योगबाट संकलित दुई हजार ८२ नमूना परीक्षण गरिएको प्रमुख पोखरेलले बताए। सो अवधिमा गरिएको अनुगमन, निरीक्षण तथा न्यायिक निकायबाट फैसला कार्यान्वयनका क्रममा उपभोग्य अवधि समाप्त भएका, लेवल विवरण नभएका, सडेगलेकालगायतका अखाद्य भएका नौ लाख ९५ हजार रूपैयाँ बराबरको वस्तु जफत गरी सरोकारवालाको रोहवरमा नष्ट गरिएको थियो। रासस


प्रकाशित : बिहीबार , असोज २ २०८२१०:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend