सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

विद्युत् विकास विभागका महानिर्देशक मण्डलले गरे आधा तलब शहीद सहयोग कोषमा दिने घोषणा

बिहीबार , असोज २ २०८२
विद्युत् विकास विभागका महानिर्देशक मण्डलले गरे आधा तलब शहीद सहयोग कोषमा दिने घोषणा

मन्त्री घिसिङको उक्त कदमबाट प्रेरित भई विद्युत् विकास विभागका महानिर्देशक जीवछ मण्डलले पनि आफ्नो मासिक तलबको ५० प्रतिशत सोही कोषमा दिने घोषणा गरेका छन्।

काठमाडौं- ऊर्जा मन्त्री कुलमान घिसिङले भदौ २० गते पदभार ग्रहण गर्दै कुनै पनि सरकारी सुविधा नलिने र आफ्नो सम्पूर्ण तलब तथा भत्ता शहीद सहयोग कोषमा जम्मा गर्ने घोषणा गरेका थिए। मन्त्री घिसिङको उक्त कदमबाट प्रेरित भई विद्युत् विकास विभागका महानिर्देशक जीवछ मण्डलले पनि आफ्नो मासिक तलबको ५० प्रतिशत सोही कोषमा दिने घोषणा गरेका छन्।

महानिर्देशक मण्डलले सोही दिन विभागका कर्मचारीलाई भेला गरी आगामी निर्वाचनसम्म आधा तलब सहयोग गर्ने निर्णय सुनाउँदै सहकर्मीहरुलाई पनि यस सत्कार्यमा सहभागी हुन आह्वान गरेका छन्।

‘शहीदको सम्मानका लागि मैले मेरो आधा तलब शहीद सहयोग कोषमा दिने निर्णय गरेको हुँ,’ मण्डलले जलसरोकारसँग भने, ‘मन्त्रीज्यूको पुनीत कार्यले अन्य कर्मचारीलाई पनि प्रेरणा मिलोस् भन्ने उद्देश्यले मैले यो कदम चालेको हुँ।’

सहयोग गर्न इच्छुक कर्मचारीहरुले विभागको लेखा शाखामा सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको छ।

यो नयाँ अभ्यास मात्र नभई अघिल्लो उदाहरण पनि स्मरणीय छ। सुशीला कार्की नेतृत्वको सरकारमा अर्थसचिव रहेकै बेला रामेश्वर खनालले आफ्नो तलब तथा भत्ता नलिने घोषणा गरेका थिए।


प्रकाशित : बिहीबार , असोज २ २०८२०८:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend