काठमाडौं काठमाडौंको बनस्थलीमा बिहीबार बिहान बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ।
बिहान साढे ५ बजे महानगर यातायातको बा.प्र. ०१–००६ ख ७५४३ नम्बरको बसले मूल सडकमा पैदल हिँडिरहेका एक वृद्धलाई ठक्कर दिँदा घटनास्थलमै ज्यान गएको हो।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा संखुवासभा घर भइ बनस्थली बस्ने ६८ वर्षीय जसबहादुर मगर रहेका छन्। शवलाई तत्कालै सेना र प्रहरीले घेरेर घटनास्थलमै राखिएको र कानुनी प्रक्रिया पूरा भएपछि पोष्टमार्टमका लागि अस्पताल लगिने जनाइएको छ।
प्रहरीका अनुसार दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।