सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

दाङका सरकारी कार्यालयका १८८ सवारीसाधन जलेर नष्ट

बुधबार, असोज १ २०८२
दाङका सरकारी कार्यालयका १८८ सवारीसाधन जलेर नष्ट

तुलसीपुर उपमहानगरमा ६ थान सरकारी, एक थान निजी सवारीसहित एक थान दमकल, मोटरसाइकललगायत सवारी जलेर क्षति भएका छन्।

दाङ- जेनजी प्रदर्शनका क्रममा जिल्लामा १८८ वटा सवारीसाधन जलेर नष्ट भएका छन्।

दाङका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाका अनुसार ४४ वटा चारपांग्रे पूर्णरूपमा क्षति भएका छन्। टिपर, ट्र्याक्टर, स्काभेटर, टेलर, लोडर, दमकललगायत सवारीसाधन जलेको उनको भनाइ छ।

त्यसैगरी १३३ पूर्णरूपमा क्षति भएका मोटरसाइकलमा ८३ वटा सरकारी, ४७ निजी, तीन थान निजी स्कुटर र १० वटा साइकल रहेका सहायक प्रमुख जिल्ला अधिकारी बुढाले जानकारी दिए। उनका अनुसार उच्च अदालत तुलसीपुरका पाँचवटा सवारीसहित तीनवटा निजी मोटसाइकल जलेर नष्ट भएका छन्। 

तुलसीपुर उपमहानगरमा ६ थान सरकारी, एक थान निजी सवारीसहित एक थान दमकल, मोटरसाइकललगायत सवारी जलेर क्षति भएका छन्। घोराही उपमहानगरमा दुईवटा गाडी र सातवटा मोटरसाइकल जलेर नष्ट भएका छन् भने आन्तरिक राजस्व कार्यालय तुलसीपुरका दुईवटा गाडी र पाँचवटा मोटरसाइकल जलेका छन्।

लोकसेवा आयोग तुलसीपुरका दुईवटा गाडी र मोटरसाइकल पाँचवटा जलेका छन्। बबई गाउँपालिकाका नौ मोटरसाइकलमध्ये ६ वटा सरकारी र तीनवटा निजी रहेका छन्। जिल्ला समन्वय समितिका तीन गाडी र १८ वटा मोटरसाइकल जलेर नष्ट भएका छन्।

जिल्ला ट्राफिक कार्यालय दाङका दुईवटा गाडी, २९ मोटरसाइकल, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय तुलसीपुरका एक थान गाडी र आठ वटा सरकारी मोटरसाइकल जलेर नष्ट भएका सहायक प्रमुख जिल्ला अधिकारी बुढाले जानकारी दिए।

भू तथा जलाधार संरक्षण कार्यालय तुलसीपुर, प्रदेश निर्वाचन कार्यालय, सडक विभाग तथा पूर्वाधार कार्यालयसहित जिल्लामा दुई दर्जनभन्दा बढी सरकारी कार्यालयका सवारीसाधन जलेर नष्ट भएका छन्। त्यसैगरी ३४ भन्दाबढी संरचना क्षतिग्रस्त भएका छन्। रासस


प्रकाशित : बुधबार, असोज १ २०८२१७:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend