सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

आजदेखि सञ्चालनमा आयो मनकामना केबलकार

बुधबार, असोज १ २०८२
आजदेखि सञ्चालनमा आयो मनकामना केबलकार

गत भदौ २३ र २४ गते भएको जेनजीको प्रदर्शनपछि २५ गतेदेखि बन्द गरिएको सेवा एक सातापछि सञ्चालनमा आएको हो।

चितवन- मनकामना केबलकारले आजदेखि नियमितरूपमा सेवा सञ्चालन गरेको छ।

केबलकार कार्यालयका प्रमुख उज्वल शेरचनका अनुसार गत भदौ २३ र २४ गते भएको जेनजीको प्रदर्शनपछि २५ गतेदेखि बन्द गरिएको सेवा एक सातापछि सञ्चालनमा आएको हो। सेवा बन्दको अवधिमा केबलकारको नियमित मर्मतसम्भारको काम भएको उनले बताए।

गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनास्थित मनकामनामाईको मन्दिर जाने दर्शनार्थीको सहजताका लागि सञ्चालन गरिएको मनकामना केबलकार नेपालको पहिलो केबलकार हो।

यस केबलकारको प्रवेशद्वार (बटम स्टेसन) भने चितवनको इच्छाकामना-४ स्थित चेरेसमा पर्दछ। रासस


प्रकाशित : बुधबार, असोज १ २०८२१६:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend