सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

गगनेमा पहिरो जाँदा अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा

बुधबार, असोज १ २०८२
गगनेमा पहिरो जाँदा अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा

वर्षासँगै आएको पहिरोले मंगलबार रातिदेखि अवरुद्ध बनेको उक्त राजमार्ग आजदेखि सञ्चालनमा आएको हो।

कालीकोट- जिल्लाको शुभकालिका-१ गगने खोलामा पहिरो गएपछि अवरुद्ध बनेको कर्णाली राजमार्ग सञ्चालनमा आएको छ। वर्षासँगै आएको पहिरोले मंगलबार रातिदेखि अवरुद्ध बनेको उक्त राजमार्ग आजदेखि सञ्चालनमा आएको हो।

पहिरो पन्छाएर राजमार्ग खुलाउन स्काभेटर र जेसीभी प्रयोग गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख टेकबहादुर रावतले जानकारी दिए। उनका अनुसार गगने खोला पारिपट्टीको डाँडा पूरै सडकमा खसेर राजमार्ग अवरुद्ध बनेको थियो।

वर्षा हुनेबित्तिकै लेदो र ढुंगासहितको पहिरो गगने खोलामा खस्ने गरेकाले जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ। रासस


प्रकाशित : बुधबार, असोज १ २०८२१५:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend