सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

बुधबार, असोज १ २०८२
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

पहिरोका कारण उक्त खण्डमा यातायात पूर्णरूपमा सञ्चालन ठप्प भएका छन्।

बागलुङ- अविरल वर्षाका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएको छ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको करिडोरको बागलुङ खण्डस्थित जैमिनी नगरपालिका-८ बेलबगरमा पहिरो खस्दा आज बिहानैदेखि सडक अजरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी केशव थापाले जानकारी दिए।

पहिरोका कारण उक्त खण्डमा यातायात पूर्णरूपमा सञ्चालन ठप्प भएका छन्।

ठूलो पहिरोका कारण सडक खुलाउन समस्या भइरहेको जनाउँदै उनले कालीगण्डकी करिडोर आयोजना, निर्माण व्यवसायी र बागलुङ नगरपालिकासँगको समन्वयमा वर्षा रोकिएपछि सडक खुलाइने बताए। रासस


प्रकाशित : बुधबार, असोज १ २०८२१३:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend