सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

पहिरो पन्छाएसँगै नारायणघाट-मुग्लिन सडक सञ्चालनमा

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असोज १ २०८२
पहिरो पन्छाएसँगै नारायणघाट-मुग्लिन सडक सञ्चालनमा

तीनवटा एक्साभेटरले पहिरो पन्छाइएको हो। पहिरो पन्छाइएसँगै रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन्।

चितवन- नारायणघाट-मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ। मंगलबार राति इच्छाकामना गाउँपालिका-४ घोप्टेभिर, वडा नं ५ तुइनखोला र वडा नं ६ नाम्सीखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक गायत्री शर्माका अनुसार बिहान ९ः१० बजेबाट सडक सञ्चालनमा आएको हो। बिहान ६ः०० बजेदेखि पहिरो पन्छाउने काम सुरु गरिएको थियो।

तीनवटा एक्साभेटरले पहिरो पन्छाइएको हो। पहिरो पन्छाइएसँगै रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन्। रासस


प्रकाशित : बुधबार, असोज १ २०८२१०:२८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend