सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

यस्तो छ दसैँको शुभसाइतहरू, टीकाको साइत ११ बजेर ५३ मिनेटमा

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, भदौ ३१ २०८२
यस्तो छ दसैँको शुभसाइतहरू, टीकाको साइत ११ बजेर ५३ मिनेटमा

असोज १६ गते बिहीबार विजया दशमीमा टीकाको साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको छ। जसमा टीका लगाइमाग्ने व्यक्ति पूर्व फर्किनुपर्ने छ।

काठमाडौं- विजया दशमीका लागि नेपाल पञ्चाङ्‍ग निर्णायक समितिले साइत सार्वजिक गरेको छ। 

२०८२ सालको विजयादशमीका शुभसाइतअनुसार असोज ६ गते सोमबार नवरात्रारम्भ भइ घटस्थापनाको साइत बिहान ९ बजेर १३ मिनेटमा रहेको छ।

असोज ७ गते मंगलबार झण्डा फेर्ने साइत बिहान ९ बजेर ५३ मिनेटमा पूर्व मोहडा पारेर गर्नुपर्ने छ। ११ गते शनिबार श्रीपचलीभैरव यात्राको समय छ।

यसैगरी १३ गते सोमबार फूलपाती र तुलजाभवानी यात्रा बिहान ७ बजेर १७ मिनेटमा साइत रहेको छ। स्थिरासनको साइत बिहान ९ बजेर २३ मिनेटमा रहेको छ।

असोज १४ गते मंगलबार महाष्टमी र कालरात्रि रहेको छ। १५ गते बुधबार महानवमी  रहेको छ।

असोज १६ गते बिहीबार विजया दशमीमा टीकाको साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको छ। जसमा टीका लगाइमाग्ने व्यक्ति पूर्व फर्किनुपर्ने छ। 

असोज २० गते सोमबार कोजाग्रत पूर्णिमाव्रत रहेको छ। 


प्रकाशित : मंगलबार, भदौ ३१ २०८२१७:५८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend