सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

कैलालीमा निषेधाज्ञा हटाएसँगै जनजीवन सामान्य

मंगलबार, भदौ ३१ २०८२
कैलालीमा निषेधाज्ञा हटाएसँगै जनजीवन सामान्य

जेनजी प्रदर्शनका क्रममा आगजनी र तोडफोड भएका सरकारी कतिपय कार्यालयबाट सेवाग्राहीलाई पूर्ववत् अवस्थामा सेवा प्रवाह हुन थालेको छ।

सुदूरपश्चिम- जिल्ला प्रशासन कार्यालय कैलालीले जारी गरेको निषेधाज्ञा आजदेखि हटाएको छ। निषेधाज्ञा हटाएसँगै जिल्लामा यातायात, बजार-व्यवसाय, स्कुल पूर्ववत् अवस्थामा सञ्चालनमा आएपछि जनजीवन सामान्य बनेको छ। 

जेनजी प्रदर्शनका क्रममा आगजनी र तोडफोड भएका सरकारी कतिपय कार्यालयबाट सेवाग्राहीलाई पूर्ववत् अवस्थामा सेवा प्रवाह हुन थालेको छ। सुदूरपश्चिम प्रदेश मन्त्रालय र मातहतका कार्यालय अझै सञ्चालनमा आउन सकेका छैनन्।

मुख्यमन्त्री कमलबहादुर शाहले प्रदर्शनका क्रममा क्षति भएका मन्त्रालयको आज स्थलगत अनुगमन गरी वस्तुस्थितिबारे जानकारी लिएका छन्। सो अवसरमा उनले जतिसक्दो छिटो मन्त्रालयबाट सेवा सुरु गर्न कर्मचारीलाई निर्देशन दिए।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सूचना अधिकारी जगदीश जोशीले आगजनी र तोडफोडबाट अधिकांश मन्त्रालयको भौतिक अवस्था शून्यमा पुगेको र महत्त्वपूर्ण कागजात नष्ट भएको बताए।

प्रदर्शनका क्रममा जिल्लामा सरकारी र निजी गरी १३७ कार्यालय भवन तथा निजी घरमा आगजनी तथा तोडफोड भएका छन्। कार्यालय परिसरमा राखिएका ६६४ सवारीसाधन जलेर नष्ट भएका छन्। रासस


प्रकाशित : मंगलबार, भदौ ३१ २०८२१७:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend