सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

निजी क्षेत्रका प्रतिनिधिसँग अर्थमन्त्री खनालको छलफल

मंगलबार, भदौ ३१ २०८२
निजी क्षेत्रका प्रतिनिधिसँग अर्थमन्त्री खनालको छलफल

यसअघिका खरिदबिक्री भएपनि बिल जलेका कारण भुक्तानी सम्पन्न नभएको, स्टकमा रहेका गाडीमा पनि तोडफोड भएकाले ऋणको बोझ थपिएकोलगायतका गुनासा राखेका थिए।

काठमाडौं- अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रका छाता संस्थाका प्रतिनिधिहरुसँग छलफल गरेका छन्। यही भदौ २४ गते भएको आगजनी र लुटपाटका क्रममा भएको क्षतीलगायत विषयमा मंगलबार दिउँसो अर्थ मन्त्रालयमा छलफल भएको हो। 

आन्दोलनका क्रममा जलेका, तोडफोड गरिएका व्यावसायिक प्रतिष्ठानहरुमा मंगलबार अर्थमन्त्री रामेश्वर खनाल अवलोकनमा निस्किएका थिए। अर्थमन्त्री खनाल अर्थसचिवसहितको टोली लिएर स्थलगत रुपमै जलेका संरचनाको अवलोकनमा निस्किएका थिए। 

अर्थमन्त्री खनाल र अर्थसचिव घनश्याम उपाध्यायसहितको टोलीले थापाथली क्षेत्रमा आगलागी भएका सवारीसाधनको शोरुमको अवलोकनसँगै भाटभटेनीलगायत व्यवसायिक प्रतिस्ठान पुगेका थिए। थापाथलीमा सिप्रदी, सीजी, सुजुकी, महिन्द्राको शोरुम आगलागी भएर नष्ट भएका थिए। 

अर्थमन्त्री खनालसहितको टोली भाटभटेनी, कान्तिपुर टीभीलगायतका जलेका संरचनाको पनि अवलोकन गरेका थिए। निजी क्षेत्रका संरचनामा भएको क्षतिको अवलोकन गर्दै बीमाबाट हुनसक्ने कभर वा त्योबाहेकको क्षतिको अवस्थाका बारेमा अर्थमन्त्रीले व्यवसायीसँग छलफल गरेका थिए। 

त्यसक्रममा व्यवसायीहरूले आगाजनीबाट भएको क्षतिको पूर्ति सबै बीमाबाट हुनसक्ने सम्भावना भएपनि अरु केही व्यवहारिक समस्या रहेको बताएका थिए। यसअघिका खरिदबिक्री भएपनि बिल जलेका कारण भुक्तानी सम्पन्न नभएको, स्टकमा रहेका गाडीमा पनि तोडफोड भएकाले ऋणको बोझ थपिएकोलगायतका गुनासा राखेका थिए। 

क्षति भएका व्यवसायिक प्रतिष्ठानहरुको अवलोकनपछि अर्थमन्त्री खनालले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, चेम्बर अफ कमर्स, नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल, नेपाल अटोमोबाइल इम्पोटर्स एन्ड म्यानुफ्याक्चरर्स(नाइमा) लगायत निजी क्षेत्रका प्रतिनिधि संघसंस्थाहरुसँग अर्थ मन्त्रालयको हलमा छलफल भएको हो। 


प्रकाशित : मंगलबार, भदौ ३१ २०८२१६:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend