सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

क्षतिग्रस्त व्यावसायिक संरचनाको अवलोकनमा अर्थमन्त्री

मंगलबार, भदौ ३१ २०८२
क्षतिग्रस्त व्यावसायिक संरचनाको अवलोकनमा अर्थमन्त्री

अर्थमन्त्री खनालले सकभर बजार प्रणालीले नै सम्बोधन गर्ने सो प्रक्रियाबाट अपुग भएमा राज्यको तर्फबाट सम्बोधन हुने बताएका थिए।

काठमाडौं- यही भदौ २४ को आन्दोलनका क्रममा जलेका, तोडफोड गरिएका व्यावसायिक प्रतिष्ठानको अवलोकनमा अर्थमन्त्री रामेश्वर खनाल निस्किएका छन्। खनालले स्थलगत रुपमै जलेका संरचनाको अवलोकन गरेका हुन्। 

अर्थमन्त्री खनाल र अर्थसचिव घनश्याम उपाध्यायसहितको टोलीले थापाथली क्षेत्रमा आगलागी भएका शोरुमको अवलोकन गरेका छन्। थापाथलीमा सिप्रदी, सीजी, सुजुकी, महिन्द्राको शोरुम आगलागी भएर नष्ट भएका थिए। ती सबै शोरुमको अवलोकन गरे। 

त्यस्तै भाटभटेनी, कान्तिपुर टीभीलगायतका जलेका संरचनाको अवलोकन पनि अर्थमन्त्रीले गर्ने भएका छन्। 

निजी क्षेत्रका संरचनामा भएको क्षतिको अवलोकन गर्दै बीमाबाट हुनसक्ने कभर वा त्यो बाहेकको क्षतिको अवस्थाका बारेमा अर्थमन्त्रीले बुझबाझ गरेका थिए।

उक्त क्रममा व्यवसायीहरूले आगालागीबाट भएको क्षतिको पूर्ति सबै बीमाबाट हुनसक्ने सम्भावना भएपनि अरु केही व्यवहारिक समस्या रहेको बताएका छन्। यसअघिका खरिदबिक्री भएपनि बिल जलेका कारण भुक्तानी सम्पन्न नभएको, स्टकमा रहेका गाडीमा पनि तोडफोड भएकाले ऋणको बोझ थपिएकोलगायतका गुनासा राखेका थिए। 

finance minister  (2).jpg

सो क्रममा अर्थमन्त्री खनालले सकभर बजार प्रणालीले नै सम्बोधन गर्ने सो प्रक्रियाबाट अपुग भएमा राज्यको तर्फबाट सम्बोधन हुने बताएका थिए। संकटको समयमा माथि उठाउनका लागि सबैको साथसहयोग र समन्वय आवश्यक पर्नेमा आफूहरू सचेत रहेको उनको भनाइ थियो। 

अर्थमन्त्रीसँग व्यवसायीहरुले अहिलेको समयमा भन्सारको लम्बेतान प्रक्रियालाई तदारुकता दिन माग गरेका थिए। 


प्रकाशित : मंगलबार, भदौ ३१ २०८२१३:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend