सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

पहिरोले महाकाली राजमार्ग अवरुद्ध

मंगलबार, भदौ ३१ २०८२
पहिरोले महाकाली राजमार्ग अवरुद्ध

राजमार्गअन्तर्गत यहाँको दोगडाकेदार-५ सलसेनास्थित साजाधारमा आज बिहान पहिरो खसेको स्थानीय शेरसिंह कार्कीले जानकारी दिए।

बैतडी- वर्षासँगै पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ। राजमार्गअन्तर्गत यहाँको दोगडाकेदार-५ सलसेनास्थित साजाधारमा आज बिहान पहिरो खसेको स्थानीय शेरसिंह कार्कीले जानकारी दिए।

उनले भने, 'वर्षापछि सडक माथिबाट ठूलो पहिरो खसेको छ। सवारी आवागमन पूर्णरुपमा अवरुद्ध छ।' राजमार्ग अवरुद्ध हुँदा महेन्द्रनगर, धनगढी, काठमाडौँका साथै सदरमुकामसँगको सडक सम्बन्ध टुटेको छ। यात्रुहरु बीच बाटोमै रोकिएका छन्। 

यसैबीच अवरुद्ध जयपृथ्वी राजमार्ग भने सञ्चालनमा आएको छ। खोड्पे-बझाङ सडकखण्डको मुस्याखानमा पहिरो खस्दा अवरुद्ध राजमार्ग सञ्चालन आएको जिल्ला प्रहरीका प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए। रासस


प्रकाशित : मंगलबार, भदौ ३१ २०८२१३:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend