सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

राजस्व अनुसन्धानबाट लुटपाट गरेको दुई लाख नगद र सुनचाँदी विभिन्न व्यक्तिको पहलमा फिर्ता

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, भदौ ३१ २०८२
राजस्व अनुसन्धानबाट लुटपाट गरेको दुई लाख नगद र सुनचाँदी विभिन्न व्यक्तिको पहलमा फिर्ता

राजस्व अनुसन्धान कार्यालयबाट लुटिएको रकम र सुनचाँदीमध्ये सोमबार एक लाख १७ हजार र ८४ हजार भारतीय रुपैयाँ इलाका प्रहरी कार्यालय, कोहलपुरमा फिर्ता गरेको हो।

नेपालगञ्ज- बाँकेको कोहलपुर नगरपालिका-११ स्थित राजस्व अनुसन्धान कार्यालयमा भएको आगजनीपछि लुटपाट गरिएको नगद रकम, सुन र चाँदी फिर्ता गरिएको छ। 

राजस्व अनुसन्धान कार्यालय कोहलपुरबाट लुटपाट गरिएको दुई लाख ५२ हजार नगद, ४२१ ग्राम सुन तथा नौ किलो चाँदी कोहलपुरका जनप्रतिनिधि, समाजसेवीको पहल तथा इलाका प्रहरी कार्यालय कोहलपुरको सक्रियतामा फिर्ता गरिएको इप्रका, कोहलपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी खनालले जानकारी दिए।

राजस्व अनुसन्धान कार्यालयबाट लुटिएको रकम र सुनचाँदीमध्ये सोमबार एक लाख १७ हजार र ८४ हजार भारतीय रुपैयाँ इलाका प्रहरी कार्यालय, कोहलपुरमा फिर्ता गरेको उनले बताए। उक्त रकम, सुन र चाँदी पीडित परिवारलाई फिर्ता गरिएको छ। 

‘जेनजी पुस्ता’को आन्दोलनका क्रममा जिल्लाका अधिकांश सरकारी कार्यालयमा आगजनी र लुटपाट भएको थियो। प्रहरीले आइतबार पनि कोहलपुर नगरपालिका-२ बाट सात लाख ६६ हजारसहित कोहलपुर-५ का १९ वर्षीय प्रयास लम्साल, २० वर्षीय युवल बलायर र नेपालगन्ज उपमहानगरपालिका-१८ का २६ वर्षीय ऋषिकेश मिश्रलाई पक्राउ गरेको थियो। रासस


प्रकाशित : मंगलबार, भदौ ३१ २०८२१३:१२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend