काठमाडौं- अर्थ मन्त्रालयले अबदेखि द्विपक्षीय बैठकमा परराष्ट्र मन्त्रालय मार्फतमात्र गर्ने भएको छ। नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले अबदेखि अर्थ मन्त्रालयका कुनै पनि विदेशी राष्ट्रका प्रतिनिधसँगको भेटघाट परराष्ट्र मन्त्रालयसँगको समुन्वयमामात्र हुने बताएका छन्।
मन्त्रीसँग कुनै पनि विदेशी मुलुकको प्रतिनिधिले भेटघाट गर्दा परराष्ट्रसँगको समुन्वयमात्र होइन प्रतिनिधिपनि सहभागी हुने उनको भनाइ छ।
‘सामान्यतया हुनुपर्ने कुरा नै यही हो, तर अबदेखि हामीले यसलाई कडाइका साथ पालना गर्छौँ, त्यस्तो भेटमा परराष्ट्रको प्रतिनिधि पनि हुनेछ’, खनालले भने।
कुनै पनि मुलुकसँग देशको प्रतिनिधिका रुपमा हुने भेटघाट र कुराकानी व्यक्तिगत नभइ राष्ट्रकै कुरा भएको र त्यस्तो कुरा राज्यको स्मरणमा रहनुपर्ने उनको भनाइ छ।
तर एडीबी, विश्व बैंकजस्ता बहुपक्षीय संस्थागतसँगको मिटिङ भने मन्त्रालय आफैले गर्नसक्नेछ। यी संस्था पहिलो सम्पर्क बिन्दु अर्थ मन्त्रालय हो। त्यसैले यी बाहेकका अरु देशसँगको छलफल भने अनिवार्य रुपमा परराष्ट्र मार्फत् हुने उनले जानकारी दिएका छन्।
यसअघि अर्थमन्त्रीलाई पनि विदेशी राजदूतले सिधै आएर मन्त्रीले भनेट्ने गरेका छन्।