काठमाडौं- नेपाल राष्ट्र बैंकले आज (३१ भदौ) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ८४ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४४ पैसा तोकिएको छ। त्यस्तै, युरोपियन यूरो एकको खरिददर १६५ रुपैयाँ ६१ पैसा र बिक्रीदर १६६ रुपैयाँ ३१ पैसा, बेलायती पाउण्ड स्ट्रलिङ एकको खरिददर १९१ रुपैयाँ ७५ पैसा र बिक्रीदर १९२ रुपैयाँ ५७ पैसा निर्धारण गरिएको छ।
स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ २० पैसा र बिक्रीदर १७७ रुपैयाँ ९६ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ७९ पैसा र बिक्रीदर ९४ रुपैयाँ १८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ८९ पैसा र बिक्रीदर १०२ रुपैयाँ ३३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ ९२ पैसा र बिक्रीदर ११० रुपैयाँ ३९ पैसा तोकिएको छ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ५५ पैसा र बिक्रीदर नौ रुपैयाँ ५९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ७८ पैसा र बिक्रीदर १९ रुपैयाँ ८६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७१ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३८ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ।
यस्तै, थाइ भाट एकको खरिददर चार रुपैयाँ ४२ पैसा र बिक्रीदर चार रुपैयाँ ४४ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३३ रुपैयाँ ६४ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १४ पैसा र बिक्रीदर १० रुपैयाँ १८ पैसा तोकिएको छ।
स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ १९ पैसा र बिक्रीदर १५ रुपैयाँ २५ पैसा, डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ १८ पैसा र बिक्रीदर २२ रुपैयाँ २८ पैसा, हङ्कङ डलर एकको खरिददर १८ रुपैयाँ ११ पैसा र बिक्रीदर १८ रुपैयाँ १८ पैसा निर्धारण गरिएको छ।
त्यस्तै, कुवेती दिनार एकको खरिददर ४६१ रुपैयाँ ३९ पैसा र बिक्रीदर ४६३ रुपैयाँ ३६ पैसा, बहराइन दिनार एकको खरिददर ३७३ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३७५ रुपैयाँ १५ पैसा, ओमनी रियाल एकको खरिददर ३६५ रुपैयाँ ८० पैसा र बिक्रीदर ३६७ रुपैयाँ ३६ पैसा रहेको छ।
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।
राष्ट्र बैंकले तोकिएको विनिमय दर आवश्यकता अनुसार जुनसुकै बेला संशोधन हुनसक्ने बताएको छ भने वाणिज्य बैंकहरूले तोक्ने दरमा फरक पर्न सक्ने जनाएको छ। अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा हेर्न सकिने व्यवस्था गरिएको छ। रासस