बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

आन्दोलनको ज्यादती अध्ययन गर्न न्यायिक जाँचबुझ आयोग बनाइने, जेनजी जागरण स्मारक पार्क बन्ने

सोमबार, भदौ ३० २०८२
आन्दोलनको ज्यादती अध्ययन गर्न न्यायिक जाँचबुझ आयोग बनाइने, जेनजी जागरण स्मारक पार्क बन्ने

साथै आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झनामा जेनजी जागरण स्मारक पार्क बनाउने निर्णय पनि सरकारले गरेको छ।

काठमाडौं- सरकारले पछिल्लो जेनजी आन्दोलनको क्रममा भएको जनधनको क्षति र ज्यादतीमा उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरेर अगाडि बढ्ने सैद्धान्तिक निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद्‍ बैठकले यस्तो निर्णय गरेको हो। साथै आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झनामा जेनजी जागरण स्मारक पार्क बनाउने निर्णय पनि सरकारले गरेको छ। 

यस्तै मृतकका परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति र अन्य खर्च ५ लाख रुपैयाँ क्षतिपूर्ति दिइने निर्णय पनि भएको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए। साथै घाइतेहरुको नि:शुल्क उपचार र शव लैजान नि:शुल्क यातायातको व्यवस्था गरिने छ।

यसैगरी यसअघि मन्त्रिपरिषद्‍मा आएका र निर्णय नभएका विषयहरु सम्बन्धित मन्त्रालयमा फिर्ता पठाइने निर्णय भएको पनि उनले जानकारी दिए। 


प्रकाशित : सोमबार, भदौ ३० २०८२१९:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend