काठमाडौं- शिवम् सिमेन्टले जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण भएको फोहोरमैला सरसफाइ थालेको छ। कम्पनीले आज काठमाडौं जिल्ला प्रशासन कार्यालय सरसफाइमा सघाएको छ।
साथै कम्पनीले दैनिक कार्य सञ्चालन सहज बनाउन आवश्यक फर्निचरसमेत सहयोग गरेको जनाएको छ।
वर्तमान विषम परिस्थितिमा आवश्यक सहयोग र श्रमदान प्रदान गर्दै आगामी दिनहरुमा समेत निरन्तर श्रमदान तथा सरसफाइ कार्यक्रम सञ्चालन गर्ने पनि कम्पनीले जनाएको छ।
शिवम् सिमेन्टले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत समुदाय र सहरलाई व्यवस्थित र सफा बनाउन योगदान दिन प्रतिबद्ध रहेको जनाएको छ।
'हामी आफ्नो सामाजिक जिम्मेवारीअनुसार सफा, व्यवस्थित र सुरक्षित बनाउन निरन्तर प्रयासरत रहनेछौँ', कम्पनीको भनाइ छ।