काठमाडौं- विद्युतीय सवारीको ब्याट्री बल्ने चर्चा र बलेका केही उदाहरणहरू विभिन्न देशमा देखिएको हो। तर नेपालमा भने विद्युतीय सवारीमा प्रयोग भएको ब्याट्री बलेनबलेको यकिन सूचना थिएन।
गएको साता युवापुस्ताको आन्दोलनको दोस्रो दिन अराजक समूहले विभिन्न स्थानमा आगजनी गरे। त्यहीक्रममा थापाथलीमा रहेको विभिन्न ब्रान्डका सवारी शोरुमहरुसमेत अराजक समूहको निसानामा परे।
थापाथलीमा रहेको सुजुकी, टाटा, महिन्द्रा र एक्सपेङ, जीएसी आयोन, स्मार्टको शोरुममा अराजक समूहले आयो लगायो। त्यसरी लगाइएको आगोका कारण सीजी मोटर्सको शोरुरममा रहेका एक्सपेङ, स्मार्ट, आयोन र अवतारका, सिप्रदीको शोरुममा रहेका टाटा मोटर्सका विद्युतीय कारमात्र बले। यी कारहरु बलेर खरानी हुन पुगे।
सीजी मोटोकर्पको शोरुममा रहेको सुजुकी ब्रान्डका आईसी इन्जिन कार र अग्नी इनकर्पोरेटेडको शोरुममा रहेको महिन्द्राका कार केही कार जलेर खरानी भए। महिन्द्राको थापाथली शोरुममा विद्युतीय कार थियो वा थिएन यकिन भएको छैन। सीजी मोटर्सले जलेर खरानी भएका आफ्ना विद्युतीय कारको ब्याट्री बले पनि पड्किए नपड्किएको बताएको छैन।
टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले भने थापाथलीस्थित आफ्नो शोरुममा रहेको चारवटा विद्युतीय कार आगो लागेर खरानी हुँदा ब्याट्री भने नपड्किएको बताएको छ।
उक्त शोरुममा रहेको टाटा टियागो ईभी, पन्च ईभी, नेक्सन केथ्री ईभी र कर्भ ईभी एक एक वटा जलेर खरानी भएका हुन्। यसरी विद्युतीय कार जलेर खरानी हुँदा त्यसमा प्रयोग भएका ब्याट्रीहरु बलेको तर कुनै पनि ब्याट्री नपड्किएको कम्पनीले जनाएको छ।
यसले टाटाका विद्युतीय कारमा प्रयोग भएका ब्याट्रीहरु पड्किने जोखिम नरहेको प्रमाणित गरेको छ। ‘घटना दुःखद् हो। शोरुमसहित थुप्रै कार पनि जले, करौडौँको क्षति हुन पुग्यो,’ कम्पनीका एक प्राविधिकले भने, ‘यसकाबीच एउटा कुरा चाहिँ सकारात्मक देखियो। टाटाका विद्युतीय कारमा प्रयोग भएका ब्याट्रीहरु कार जलेर खरानी हुँदा नपड्किकन सामान्य रुपमा बलेका छन्। यसले ब्याट्री पड्किएर ठूलो क्षति हुने त्रास नरहेको प्रष्ट भएको छ।’
नेपालमा टाटाको विद्युतीय कार नेक्सन ईभी पहिलोपटक चार वर्षअघि भित्रिएको हो। त्यसपछि टाटाको टियागो ईभी, टिगोर ईभी नेपाली बजारमा भित्रिए। गत वर्षको नाडा अटो शोमा टाटा पन्च ईभी आएकोमा त्यसको केही महिनापछि टाटा कर्भ ईभी नेपाल आएको हो। भारतीय सवारी उत्पादक कम्पनी टाटा मोटर्सले आफ्ना विद्युतीय कारमा एलएफपी ब्याट्री प्रयोग गर्दै आएको छ।
टाटा मोटर्सले सवारीको गुणस्तरलाई उच्च प्राथमिकतामा राखेको छ। त्यसमाथि नयाँ प्रविधिमा आधारित विद्युतीय सवारीको उत्पादनमा विशेष ध्यान दिँदै आएको छ।
नेपालमा टाटा मोटर्सको आधिकारिक बिक्रेता रहेको सिप्रदीले पनि बिक्रीपछिको सेवालाई पहिलो प्राथमितामा राखेर उपभोक्तालाई त्यो अनुभुत गराइरहेको छ।
सिप्रदीले नेपालमै पहिलो विद्युतीय सवारीको हाइभोल्टेज ब्याट्रीको डाइगनोस्टिक सेन्टर नै स्थापना गरेर ब्याट्रीको मर्मतलगायत काम गर्दै आएको छ। सिप्रदीले विद्युतीय सवारीका लागि छुट्टै डेडिकेटेड सर्भिस सेन्टर स्थापना गरेर विद्युतीय सवारीको बिक्रीलाई प्राथमितामा राख्दै ईभी इकोसिस्टम नै बनाएको छ। चार्जिङलगायत पूर्वाधार विकासमा पनि सिप्रदी अग्रणी भूमिकामा रहेको छ।
टाटाको एक्सप्रेस टी ईभी ट्याक्सीका रुपमा बिक्री हुँदै आइरहेको छ। काठमाडौंका सडकमा दुई हजारभन्दा बढी टाटाका ईभी ट्याक्सी गुडिरहेका छन्।
