सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

शिक्षण अस्पतालमा २८ शवको पोस्टमार्टम, २३ शव आफन्तले बुझे

सोमबार, भदौ ३० २०८२
शिक्षण अस्पतालमा २८ शवको पोस्टमार्टम, २३ शव आफन्तले बुझे

अस्पतालमा हाल २२ जना उपचाररत छन्।

काठमाडौं- त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको फरेन्सिक विभागमा २८ जनाको शव परीक्षण (पोस्टमार्टम) सकिएको छ। अस्पतालमा जेनजी प्रदर्शनमा ज्यान गुमाएकाहरूको हाल शव परीक्षण कार्य भइरहेको छ।

हालसम्म ४६ शवपरीक्षणका लागि अस्पताल ल्याइएको फरेन्सिक विभागका प्रमुख डा गोपाल चौधरीले जानकारी दिए। उनका अनुसार २३ शव आफन्तले बुझेर लगिसकेका छन् भने सात जनाको शव चिन्न नसकिने अवस्थामा रहेको छ। जसका लागि डिएनए परीक्षण आवश्यक हुन्छ। शव चिन्न नसक्ने अवस्थामा भने दाँत परीक्षण, फिङ्गरप्रिन्टबाट शव परीक्षण गरिन्छ।

डा चौधरीले भने, 'शव गोली लागेको, जलेको र ब्लड इन्जुरी भएका छन्। पोस्टमार्टमका लागि पत्र आएकाको शवपरीक्षण गरिरहेका छौँ।' 

यसैबीच नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले मृतकका आफन्त र घाइते भेट्न शिक्षण अस्पताल पुगेका छन्। अस्पतालमा हाल २२ जना उपचाररत छन्।


प्रकाशित : सोमबार, भदौ ३० २०८२१५:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend