सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

जेनजी आन्दोलनमा निधन भएकाको सम्मानमा राष्ट्रिय शोक मनाउने नवनियुक्त मन्त्री अर्यालको निर्णय

काजकिरिया खर्चबापत प्रतिपरिवार एक लाख रूपैयाँ

सोमबार, भदौ ३० २०८२
जेनजी आन्दोलनमा निधन भएकाको सम्मानमा राष्ट्रिय शोक मनाउने नवनियुक्त मन्त्री अर्यालको निर्णय

आन्दोलनमा ज्यान गुमाएका परिवारलाई काजकिरिया खर्चबापत प्रतिपरिवार एक लाख रूपैयाँ उपलब्ध गराउने निर्णय पनि भएको छ।

काठमाडौं- गृह मन्त्रालयले जेनजी आन्दोलनमा निधन भएका व्यक्तिको सम्मानमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। 

नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले आज पदभार ग्रहण गरेपछि उक्त निर्णय गरेका हुन्। मन्त्री अर्यालले शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेका हुन्।

आन्दोलनका क्रममा ज्यान गुमाएका परिवारलाई काजकिरिया खर्चबापत प्रतिपरिवार एक लाख रूपैयाँ उपलब्ध गराउने तथा मृतकको शव घर ठेगानासम्म पुर्‍याउने निर्णय गरेको मन्त्री अर्यालले जानकारी दिए।

मन्त्री अर्याललाई मन्त्रालयमा गृह सचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, निमित्त राष्ट्रिय अनुसन्धान निर्देशकलगायतले स्वागत गरेका थिए। रासस


प्रकाशित : सोमबार, भदौ ३० २०८२१३:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend