काठमाडौं- नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले मुलुकको प्राथिमिकताभन्दा बाहिर रहेर लहडमा अघि बढेका आयोजना कार्यान्वयन नगर्ने निर्णय गरेका छन्।
सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसँग सपथ ग्रहण गरेसँगै सिंहदरबार पुगेर पदभार सम्हालेका मन्त्री खनालले पूर्वतयारी नभएका र हतारमा साइन गरिएका आयोजना कार्यान्वयनमा नलैजाने निर्णय गरेका हुन्।
यसका लागि बजेट महाशाखा प्रमुखको संयोजकत्वमा कार्यदल बनेको छ। कार्यदलले आयोजना फिल्टरको सिफारिस गर्ने छ। तीन दिनमा यसको प्रतिवेदन आएर थप निर्णय हुने जनाइएको छ।
साथै अर्थमन्त्री खनालले आफूलाई माननीय भनेर सम्बोधन नगर्न समेत आग्रह गरेका छन्।
सोमबार अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको विस्तारित मन्त्रिपरिषद्मा अर्थमन्त्रीका रूपमा पूर्वअर्थसचिव खनाल, गृहमन्त्रीका रूपमा अधिवक्ता ओमप्रकाश अर्याल र ऊर्जामन्त्रीका रूपमा नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले शपथ लिएका हुन्।
रामेश्वर खनाल बने अर्थमन्त्री, यसअघि उनकै नेतृत्वमा बनेको थियो आर्थिक सुधारको रोडम्याप