सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

चोरिएका सामग्री फिर्ता गर्न मुख्यमन्त्री कार्यालयको आग्रह

सोमबार, भदौ ३० २०८२
चोरिएका सामग्री फिर्ता गर्न मुख्यमन्त्री कार्यालयको आग्रह

कार्यालयले सामान फिर्ता गर्नेको पहिचान गोप्य राखिने जनाएको छ।

गण्डकी- जेनजी प्रदर्शनका क्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित विभिन्न मन्त्रालय, आयोग, निकाय, कार्यालय र आवासबाट लुटपाट गरिएका सामग्री फिर्ता गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अनुरोध गरेको छ।

कार्यालयले आज सार्वजनिक सूचनामार्फत यही भदौ २४ गते आगजनी तथा तोडफोड गरी लुटिएका सवारीसाधन, टेलिभिजन, कम्प्युटर, ल्यापटप, प्रिन्टर, फर्निचरलगायत सामग्री सम्बन्धित निकाय वा नजिकको प्रहरी कार्यालयमा बुझाउन आग्रह गरेको हो।

कार्यालयले सामान फिर्ता गर्नेको पहिचान गोप्य राखिने जनाएको छ।

लुटपाट गरिएका सामग्री लुकाएर राखिएका स्थान पहिचान गर्ने काम भइरहेको र त्यस्ता सामग्री फिर्ता नगरेमा सम्बन्धित व्यक्तिलाई प्रचलित कानूनबमोजिम अनुसन्धानको दायरामा ल्याइ कारबाही प्रक्रिया अगाडि बढाइने जनाइएको छ। रासस


प्रकाशित : सोमबार, भदौ ३० २०८२१३:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend