सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

नारायणघाट-मुग्लिन सडक दुईतर्फी सञ्चालन

सोमबार, भदौ ३० २०८२
नारायणघाट-मुग्लिन सडक दुईतर्फी सञ्चालन
फाइल तस्बिर

वर्षाको समयमा यस क्षेत्रमा  ढुंगा खस्ने जोखिम उच्च भएको हुदाँ सावधानीपूर्वक रोकेर हेरेरमात्र सुरक्षित यात्रा गर्न सडक डिभिजन कार्यालय भरतपुरले अनुरोध गरेको छ।

चितवन- पहिरोका कारण एकतर्फी मात्र रहेको नारायणघाट-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ। 

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार चितवनको इच्छाकामना-५ स्थित तुइनखोला नजिकै पहिरो खसेपछि आज बिहान ९ बजेदेखि एकतर्फी मात्र सञ्चालनमा रहेको थियो। सडक डिभिजन कार्यालयको मेसिन प्रयोग गरी पहिरो पन्छाएपछि बिहान ११ बजेदेखि सडक दुईतर्फी सञ्चालनमा आएको सडक सुपरभाइजर ईश्वर क्षेत्रीले जानकारी दिए।

वर्षाको समयमा यस क्षेत्रमा  ढुंगा खस्ने जोखिम उच्च भएको हुदाँ सावधानीपूर्वक रोकेर हेरेरमात्र सुरक्षित यात्रा गर्न सडक डिभिजन कार्यालय भरतपुरले अनुरोध गरेको छ। रासस


प्रकाशित : सोमबार, भदौ ३० २०८२१३:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend