सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

पोखरामा आजदेखि सहुलियत छुट मूल्य पसल, कुन सामानमा कति छुट

सोमबार, भदौ ३० २०८२
पोखरामा आजदेखि सहुलियत छुट मूल्य पसल, कुन सामानमा कति छुट

पोखराको विरौटास्थित प्रादेशिक कार्यालयमा बिहान १० देखि दिउँसो ५ बजेसम्म सहुलियत पसल सञ्चालन हुनेछ।

गण्डकी- पोखरामा आजदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन हुने भएको छ।

नजिकिँदै गरेका दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी आजदेखि कात्तिक १० गतेसम्मका सहुलियत पसल सञ्चालन गर्न लागिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गण्डकी प्रदेश कार्यालय, पोखराका प्रमुख कौशल घिमिरेले जानकारी दिए।

उनका अनुसार पोखराको विरौटास्थित प्रादेशिक कार्यालयमा बिहान १० देखि दिउँसो ५ बजेसम्म सहुलियत पसल सञ्चालन हुनेछ।

कार्यालयले सहुलियतस्वरूप प्रतिकिलो पाँच रूपैयाँ छुटसहित स्टिम जिरा मसिनो चामल प्रतिकिलो ८३ रूपैयाँ, अरुवा सोना मनसुली चामल प्रतिकिलो ५९, स्टिम जिरा मसिनो चामल (एफआर) प्रतिकिलो ८५, अरुवा सोना मनसुली चामल (एफआर) प्रतिकिलो ५९, चिनी प्रतिकिलो ९५ र जेठो बुढो चामल प्रतिकिलो २४५ रूपैयाँमा उपलब्ध गराउने जनाइएको छ।

त्यस्तै, प्रतिकिलो १० रूपैयाँ छुटसहित अरुवा बास्मती चामल प्रतिकिलो १२०, चिनो प्रतिकिलो २५५, कागुनो प्रतिकिलो २५५ र जुम्ली मार्सी प्रतिकिलो २२५ रूपैयाँमा उपलब्ध गराइने उनले जानकारी दिए। रासस


प्रकाशित : सोमबार, भदौ ३० २०८२११:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend