सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको सेवा पुनः नियमित

सोमबार, भदौ ३० २०८२
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको सेवा पुनः नियमित

जेनजी आन्दोलनका क्रममा कार्यालय भवन तोडफोड र आगजनी हुँदा सेवा अवरुद्ध भएका थिए।

कञ्चनपुर- जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले अवरुद्ध सेवा आजदेखि सुरुवात गरेको छ। जेनजी आन्दोलनका क्रममा कार्यालय भवन तोडफोड र आगजनी हुँदा सेवा अवरुद्ध भएका थिए। 

सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीका अनुसार तोडफोडका कारण कार्यालयमा विद्युत्, इन्टरनेट र नागरिकता प्रणालीमा क्षति पुगेको थियो। मर्मत गरेर कार्यालयका सेवा थालिएको उनले बताए। 

तोडफोड र आगजनीका कारण नागरिकता, राष्ट्रिय परिचयपत्र तथा राहदानीसँग सम्बन्धित सबै काम अवरुद्ध भएका थिए। रासस


प्रकाशित : सोमबार, भदौ ३० २०८२११:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend