सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

सविता भण्डारी महान्यायाधिवक्ता नियुक्त

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, भदौ २९ २०८२
सविता भण्डारी महान्यायाधिवक्ता नियुक्त

प्रधानमन्त्री नियुक्त भएको तीन दिनपछि आज आइतबार पदभार ग्रहण गरेकी कार्कीले पहिलो नियुक्ति महान्यायाधिवक्तामा गरेकी हुन्। मन्त्रिपरिषद्‍ विस्तारका लागि पनि छलफल चलिरहेको छ।

काठमाडौं- वरिष्ठ अधिवक्ता सविता भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गरिएको छ। भण्डारी नेपालमा पहिलो महिला महान्यायाधिवक्ता बनेकी हुन्। 

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन्।  प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

सरकारको कानूनी सल्लाहकार महान्यायाधिवक्ताले सरकारवादी मुद्दाको अभियोजन र प्रतिरक्षा गर्ने सरकारी वकिलहरूको नेतृत्व गर्छन्।

नयाँ पुस्ताले गरेको आन्दोलनपछि केपी ओली नेतृत्वको सरकार ढलेसँगै कार्की अन्तरिम सरकारको प्रधानमन्त्री बनेकी हुन्।

प्रधानमन्त्री नियुक्त भएको तीन दिनपछि आज आइतबार पदभार ग्रहण गरेकी कार्कीले पहिलो नियुक्ति महान्यायाधिवक्तामा गरेकी हुन्। मन्त्रिपरिषद्‍ विस्तारका लागि पनि छलफल चलिरहेको छ। 

यसअघिका महान्यायाधिवक्ता रमेश बडालले केपी शर्मा ओली नेतृत्वको सरकार ढलेसँगै आज आइतबार राजीनामा दिएका थिए।


प्रकाशित : आइतबार, भदौ २९ २०८२१९:४१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend