सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

व्यावसायिक वातावरण निर्माणमा सरकारले भूमिका खेलोस् : नाडा

आइतबार, भदौ २९ २०८२
व्यावसायिक वातावरण निर्माणमा सरकारले भूमिका खेलोस् : नाडा

शान्तिपूर्ण सम्वाद र सहमतिको बाटोबाट हरेक जटिल र कठीन समस्याहरुको समाधान खोज्न सकिन्छ भन्ने नाडाको गहिरो विश्वास रहेको छ।

काठमाडौं- हालै देशव्यापी रुपमा भएको आन्दोलन तथा प्रदर्शनले मुलुकमा गहिरो प्रभाव पारेको नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले जनाइको छ। नाडाले यस घटनाबाट प्रभावित सम्पूर्ण परिवारसँग गहिरो समवेदना प्रकट गरेको छ।  

नेपालको अटोमोबाइल क्षेत्र देशको उद्योग, व्यापार र रोजगारीको महत्वपूर्ण आधारशिला हो। तर हालका घटनाक्रमले यस क्षेत्रमा प्रत्यक्ष असर पारेको नाडाले उल्लेख गरेको छ। 

‘कर्मचारी, ग्राहक र सम्पूर्ण संरचनाको सुरक्षाप्रति समेत चिन्ता बढेको छ। देशको वर्तमान अवस्थाले उपभोक्ता विश्वासमा नकारात्मक असर गरेको छ र दीर्घकालीन रुपमा लगानी र रोजगारीमा पनि चुनौती थपिएको छ,’ नाडाले भनेको छ। 

शान्तिपूर्ण सम्वाद र सहमतिको बाटोबाट हरेक जटिल र कठीन समस्याहरुको समाधान खोज्न सकिन्छ भन्ने नाडाको गहिरो विश्वास रहेको छ। साथै सम्पूर्ण व्यवसायिक समुदायको सुरक्षालाई सर्वाेच्च प्राथमिकतामा राख्न सरकारलाई अनुरोध गर्दै अटोमोबाइल क्षेत्रलाई सामान्य अवस्थामा फर्काउन आवश्यक सहयोग र सहजीकरण गर्न नाडाले सरकारलाई आह्वान गरेको छ। 

नाडाले आफ्नो सदस्य कम्पनीहरूको हित, उपभोक्ताको विश्वास, र देशको समग्र अटोमोबाइल उद्योगलाई सुरक्षित राख्न निरन्तर खटिने प्रतिवद्धता व्यक्त गरेको छ। ‘हामी विश्वास गर्दछौँ कि एकताबद्ध प्रयास, जिम्मेवार नेतृत्व र सकारात्मक सम्वादमार्फत मुलुक छिट्टै स्थायित्वतर्फ अघि बढ्नेछ भन्ने विश्वास समेत लिएका छौँ, नाडाले भनेको छ।  

नेपालको इतिहासमा पहिलो पटक महिला प्रधानमन्त्री पाएको छ। अब छिटै मन्त्रिपरिषदसमेत गठन हुने र यस सरकारले आउदो ६ महिनाभित्र आम निर्वाचन समेत सम्पन्न गर्ने जिम्मेवारी लिएको सन्दर्भमा आम नेपाली जनताको भावना र मर्मलाई आत्मसात गर्न यो सरकार सफल हुनेछ विश्वास नाडाले लिएको छ। 


प्रकाशित : आइतबार, भदौ २९ २०८२१७:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend