सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

'बजारमा उपभोग्य वस्तुको अभाव छैन, आवश्यकताभन्दा बढी खरिद तथा सञ्चय नगरौँ'

कृत्रिम अभाव सिर्जना नगर्न बिक्रेतालाई आग्रह

आइतबार, भदौ २९ २०८२
'बजारमा उपभोग्य वस्तुको अभाव छैन, आवश्यकताभन्दा बढी खरिद तथा सञ्चय नगरौँ'

बजारमा दैनिक अत्यावश्यक उपभोग्य वस्तुहरूको अभाव नभएको पनि विभागले जनाएको छ।

काठमाडौं- सरकारले आन्दोलनका कारण सिर्जित विषम परिस्थितिमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी तथा मूल्यवृद्धि नगर्न अनुरोध गरेको छ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उत्पादक, पैठारीकर्ता, ढुवानीकर्ता, सञ्चयकर्ता, बिक्रेतालाई माग, आपूर्ति र मूल्यमा प्रतिकूल प्रभाव पार्नेगरी वस्तु सञ्चित नगर्न तथा नगराउन भनेको हो।

यस्तै, भदौ २३ र २४ गते भएको आन्दोलन र त्यसबाट सिर्जित विषम परिस्थिति क्रमशः सामान्यीकरण हुँदै गएको छ। यस अवस्थामा दैनिक उपभोग्य वस्तु तथा सेवाहरू सहज रूपमा उपलब्ध गराउन विभागले आग्रह गरेको हो।

बजारमा दैनिक अत्यावश्यक उपभोग्य वस्तुहरूको अभाव नभएको पनि विभागले जनाएको छ। बजारमा खाद्यान्नलगायत उपभोग्य वस्तुहरु पर्याप्त रहेको भन्दै विभागले आवश्यकताभन्दा बढी खरिद तथा सञ्चय नगर्न आम उपभोक्तालाई पनि आग्रह गरेको छ।


प्रकाशित : आइतबार, भदौ २९ २०८२१६:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend