बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सिप्रदीले आन्दोलनमा ध्वस्त भएको शोरुम थाल्यो पुनर्निर्माण, अन्यले पनि थाले तयारी

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, भदौ ३० २०८२
सिप्रदीले आन्दोलनमा ध्वस्त भएको शोरुम थाल्यो पुनर्निर्माण, अन्यले पनि थाले तयारी

थापाथलीमा रहेका जीएससी आयोन, एक्सपेङ, स्मार्ट, हुन्डाई, महिन्द्रा, टाटा र सुजुकीको शोरुममा रहेका कारहरु जलाइएको थियो।

काठमाडौं- भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा अराजक समूहले अगजनी गरेका शोरुमहरु पुनर्निर्माण गर्न थालिएका छन्। अराजक समूहले थापाथलीमा मात्रै चारवटा शोरुममा आगजनी गरे भने एउटा शोरुममा तोडफोड गरेका थिए।

त्यस्तै नक्सालको निसानको शोरुममा पनि तोडफोड भयो भने सीजी मोटर्सको तीनवटा डिलरमा तोडफोड तथा आजगनी भएका छन्। 

सवारी बिक्रेता कम्पनीहरुले जलेका सवारीसाधनहरु शोरुमबाट निकाल्ने र सरसफाई तथा पुनर्निर्माणको काम थालेका छन्। टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले जलेर नष्ट भएको शोरुमको पुनर्निर्माणको काम सुरु गरिसकेको छ। 

अन्य कम्पनीहरु अग्नी इनकर्पोरेटेड, सीजी मोटर्स, लक्ष्मी इन्टरकन्टिनेन्टल र सीजी मोटोकर्पले क्षतीलगायतको अवस्था हेरेर पुनर्निर्माण प्रक्रिया सुरु गरेका छन्। काठमाडौंको अटो हबका रुपमा रहेको थापाथलीमा मात्रै शोरुममा शोकेस गरिएका करिब ३० वटा नयाँ कार जलेका हुन्। 

थापाथलीमा रहेका जीएससी आयोन, एक्सपेङ, स्मार्ट, हुन्डाई, महिन्द्रा, टाटा र सुजुकीको शोरुममा रहेका कारहरु जलाइएको थियो। केही आन्दोलनकारीले नयाँ गाडी शोरुमबाट चोरेरसमेत लगेका थिए। यी कुराहरु शोरुममा रहेका सीसीटीभी फुजेटबाट देखिएको छ। 

अराजक आन्दोलनकारीले चोरेर लगेको टाटाका दुई वटा कारमध्ये त्रिपुरेश्वरमा एउटा र अर्को धापासीमा भेटिएको थियो। कार चोरेर लाग्नेहरुले लगेको केहीसमयपछि सिप्रदीका कर्मचारीलाई नै फोन गरेर कार लगेर जान भनेका थिए।  

आन्दोलनका क्रममा शोरुम जलाउँदा सबैभन्दा धेरै कार सीजी मोटर्सको जलाइएको छ। चौधरी समूहअन्तर्गतको सीजी मोटर्स आधिकारिक बिक्रेता रहेको एक्सपेङ, जीएसी आयोन र स्मार्टका कार जलाइएको थियो। तीन ब्रान्डका गरेर सीजीका १४ वटा नयाँ कार पूर्णरुपमा जलेको र आधा दर्जन कारमा क्षती पुगेको छ। सीजी मोटर्सका ५ वटा एक्सपेङ, १ अवतार, २ स्मार्ट, ६ वटा आयोन र अन्य केही नयाँ कारमा क्षती पुगेको छ। 

दोस्रो धेरै क्षती टाटा मोटर्सको शोरुममा भएको छ। सिप्रदी ट्रेडिङको कार शोरुम नेपालके ठूलो शोरुममध्येमा पर्छ। त्यहाँ रहेका चारवटा विद्युतीय कार पूर्णरूपमा जलेर नष्ट भएको र केही नयाँ कारमा क्षती पुगेको कम्पनीको भनाइ छ। आन्दोलनकारीले दुईवटा टाटा कार पनि लगेका थिए। तीनवटा कारमा निकै ठूलो क्षती पुगेको कम्पनीको भनाइ छ। 

महिन्द्राको थापाथली शोरुममा पाँच वटासम्म कार आंशिक वा पूर्णरुपमा जलेको छ। महिन्द्राको स्पर्कियोलगायत गाडी र एउटा विद्युतीय कार पनि रहेको थियो। 

सीजी मोटोकर्पले बिक्री गर्ने सुजुकीको शोरुमा पनि जलाइएको छ। सुजुकीको शोरुममा रहेकोमध्ये दुईवटा कार पूर्णरूपमा जलेर नष्ट भएका छन् भने अन्य आधादर्जन कार आंशिक रुपमा जेलेका र तोडफोड भएका छन्। 

यता थापाथलीमै रहेको हुन्डाई शोरुममा आगलागी नभएपनि शोरुमको शिसा फुटाइएको र गाडीहरुमा तोडफोड भएको  छ। शोरुम भिर रहेको एउटा गाडीको भित्र भने आगो लगाइएको छ।  

थापाथलीमै रहेका अन्य ब्रान्डका शोरुममा भने अराजक समूहले केही तोडफोड गरेका छन्। यी शोरुमहरुमा सामान्य क्षती पुगेको छ भने केही गाडीहरुको तोडफोड भएका छन्।


प्रकाशित : सोमबार, भदौ ३० २०८२१०:०१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend