सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

चितवन निकुञ्जभित्रको पर्यटकीय सडक मर्मत थालियो

आइतबार, भदौ २९ २०८२
चितवन निकुञ्जभित्रको पर्यटकीय सडक मर्मत थालियो

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार अहिले सडक मर्मतको काम भइरहेको छ।

चितवन- चितवन राष्ट्रिय निकुञ्जले पर्यटकीय सडकको मर्मत थालेको छ। नेपालीको महान पर्व विजयादशमी अघि जीप सफारी खोल्ने गरी सडक तथा पुल मर्मत र झाडी पन्छाउने कामलाई तीव्रता दिइएको हो।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार अहिले सडक मर्मतको काम भइरहेको छ। उनले भने, 'जीप सफारीका लागि ९० किलोमिटर सडक मर्मतको काम भइरहेको छ।'

सो सडक क्षेत्रमा भएको झाडी पन्छाउने काम पनिसँगै गरिएको उनले जानकारी दिए। सौराहादेखि कुजौली घाटसम्मको जिप सफारी गरिने सडक मर्मतको काम सुरु गरिएको उनले जानकारी दिए।

निकुञ्जले गत असार १६ गतेदेखि बन्द गरेको जिप सफारी चाडपर्वमा आउने पर्यटक लक्षित गर्दै सञ्चालनको तयारी गरेको हो। निकुञ्जभित्रको जिप सफारी बन्द भए पनि सामुदायिक वनमा भने बन्द गरिएको छैन। मगरका अनुसार अहिले ९० किलोमिटर सडकभित्र पर्ने पुल मर्मत, सडकका अवरोध हटाउने काम भइरहेको छ।

निकुञ्जभित्र जिप सफारीबाट पर्यटकले डुमरीया, लामि ताल, तमोर ताल, घडीयाल प्रजनन केन्द्र, बाघ मचान, सुखिभार, भिम्ले, टाइगर टप्स, बागमारा, खोरीया मुहान हुँदै देवी तालसम्म वन्यजन्तु अवलोकन गर्ने गर्दछन्।

चितवन र नवलपरासी आउने पर्यटकको मुख्य आकर्षक निकुञ्ज सफारी हो। यहाँ दुर्लभ एकसिङ्गे गैँडा, पाटे बाघलगायत वन्यजन्तु अवलोकन गर्न स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन्। रासस


प्रकाशित : आइतबार, भदौ २९ २०८२१५:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend