सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

मोरङमा कार्यालय प्रमुखहरूको बैठक, क्षतिको मूल्यांकनपछि सेवा सुरु गरिने

आइतबार, भदौ २९ २०८२
मोरङमा कार्यालय प्रमुखहरूको बैठक, क्षतिको मूल्यांकनपछि सेवा सुरु गरिने

जिल्ला प्रशासन, मालपोत तथा नापी कार्यालय सञ्चालन नभएसम्म वडा कार्यालयमार्फत सिफारिस नदिन भनिएको छ।

विराटनगर- मोरङ जिल्लास्थित कार्यालय प्रमुखहरूको बैठकले जेनजी प्रदर्शनका क्रममा भएको क्षतिको मूल्यांकन गरेर छिट्टै सेवा प्रवाह थाल्ने निर्णय गरेको छ।

बैठकपछि प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले क्षतिको विवरण संकलन गरी रकम यकिन गर्ने, त्यसको मुचुल्का तयार गर्ने र सकेसम्म चाँडै सेवाप्रवाह गर्न व्यवस्था मिलाइने जानकारी दिए। सेवा दिन नसकिने अवस्थामा भने सेवाग्राहीलाई तुरुन्त जानकारी गराइने पनि उनले बताए।

जिल्ला प्रशासन, मालपोत तथा नापी कार्यालय सञ्चालन नभएसम्म वडा कार्यालयमार्फत सिफारिस नदिन भनिएको छ। जनजीवन सामान्य अवस्थामा फर्कन सहयोग पुग्ने गरी निरन्तर समन्वय र सञ्चार गर्ने विषयमा पनि बैठकमा छलफल भएको प्रजिअ यादवले जानकारी दिए।

बैठकमा सहभागी कार्यालय प्रमुखहरूले कामलाई सहज बनाउन आजैदेखि काम थाल्ने प्रतिबद्धता व्यक्त गरेका छन्। यस क्रममा क्षतिग्रस्त भए पनि बाँकी रहेका सटरहरूबाट सेवा दिन सुरु गरिएको प्रजिअ यादवले जानकारी दिए। रासस


प्रकाशित : आइतबार, भदौ २९ २०८२१५:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend