सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

लाइसेन्स छपाइ र वितरण अनिश्चितकालका लागि बन्द

आइतबार, भदौ २९ २०८२
लाइसेन्स छपाइ र वितरण अनिश्चितकालका लागि बन्द

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ र वितरणको काम अनिश्चितकालका लागि रोकिएको छ।

काठमाडौं- सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ र वितरणको काम अनिश्चितकालका लागि रोकिएको छ।

यातायात व्यवस्था विभागले आइतबार सार्वजनिक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि सवारी चालक अनुमतिपत्र छपाइ तथा वितरणसहित सूचना प्रविधिसम्बन्धी सम्पूर्ण प्रणाली बन्द हुने जनाएको छ।

विभागका अनुसार हालै भएको तोडफोड, आगजनी तथा चोरी/लुटपाटका कारण इलेक्ट्रोनिक उपकरण, छपाइ मेसिन तथा सर्भरमा क्षति पुगेपछि सेवा अवरुद्ध भएको हो।

विभागको सूचनामा भनिएको छ, 'सवारी चालक अनुमतिपत्र तथा विद्युतीय सवारी साधन दर्ता सम्बन्धी सेवा अवरुद्ध हुन पुगेको विषम परिस्थितिमा अर्को सूचना नभएसम्म सवारी चालक अनुमतिपत्र छपाइ तथा वितरण लगायतका सूचना प्रविधिसम्बन्धी सम्पूर्ण प्रणाली बन्द रहने व्यहोरा जानकारीका लागि अनुरोध छ।'

यस कारण हाल लाइसेन्स वितरणको प्रक्रियामा रहेका सेवाग्राहीलाई अर्को व्यवस्था नहुँदासम्म प्रतिक्षा गर्नुपर्ने भएको छ।

Liecence.jpg


प्रकाशित : आइतबार, भदौ २९ २०८२१४:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend