सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

जिल्ला कारागार चितवनमा २३५ कैदीबन्दी फर्किए

आइतबार, भदौ २९ २०८२
जिल्ला कारागार चितवनमा २३५ कैदीबन्दी फर्किए

कार्यालयका प्रमुख रविन्द्रप्रसाद ढुंगानाका अनुसार अहिलेसम्म २३५ जना कैदीबन्दी कारागार फर्किएका छन्।

चितवन- कारागार कार्यालय चितवनबाट फरार कैदीबन्दीमध्ये २३५ जना कारागारको सम्पर्कमा आएका छन्। गत बिहीबार सबै कैदीबन्दीको परिवार तथा आफन्तलाई सम्पर्क गरिएको थियो। सम्पर्क गरिएका कैदीबन्दी कारागार फर्कन थालेका हुन्।

कार्यालयका प्रमुख रविन्द्रप्रसाद ढुंगानाका अनुसार अहिलेसम्म २३५ जना कैदीबन्दी कारागार फर्किएका छन्। उनले भने, 'बुधबार बिहान ७४० जना कैदी कारागरबाट फरार भएका थिए।' कारागारमा रहेका ४६ महिला कैदीबन्दीमध्ये २७ जना आइसकेका छन्।

कारागार कार्यालयमा कैद भुक्तान गर्दै आएका तथा बन्दी जीवन बिताएकामध्ये चार जना भैरहवा कारागारमा र एक जना दमौली कारागारको सम्पर्कमा आएको उनले बताए। यस्तै अन्य कारागारका १४ कैदीबन्दी यस कारागारमा सम्पर्कमा आएका छन्।

कतिपय टाढा भएकाले समय लाग्ने जनाएका छन्। करिब ५० जना सम्पर्कमा नआएको उनले जानकारी दिए। रासस


प्रकाशित : आइतबार, भदौ २९ २०८२१४:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend