सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

पाँच दिनपछि खुल्यो गड्डाचौकी नाका

आइतबार, भदौ २९ २०८२
पाँच दिनपछि खुल्यो गड्डाचौकी नाका

आजदेखि भारतीय सीमासुरक्षा बल (एसएसबी)ले नेपाली नागरिकलाई नेपाली परिचयपत्र देखाएर भारत प्रवेश गर्न दिएको छ।

कञ्चनपुर- नेपालमा ‘जेनजी’को आन्दोलनपछि बन्द भएको गड्डाचौकी नाका पाँच दिनपछि खुलेको छ।

भारतीय सीमासुरक्षा बल (एसएसबी)ले गड्डाचौकी सीमा नाकाबाट नेपालीलाई भारत प्रवेशमा रोक लगाएको थियो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पाँच दिनपछि भारतीय पक्षले नेपाल-भारत मैत्री बस नेपाल प्रवेश गर्न दिएको छ भने गड्डाचौकी स्थित ७ नम्बर पिल्लरसम्म यातायातसमेत सञ्चालनमा आएको छ।

'यसअघि शारदा ब्यारेजसम्म मात्रै यातायात सञ्चालन भएका थिए आज नाकासम्मै यातायात सञ्चलनमा आएका छन्', जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले भने, 'नेपाल-भारत मैत्री बस नेपाल भित्रिएका छन्।'

आजदेखि भारतीय सीमासुरक्षा बल (एसएसबी)ले नेपाली नागरिकलाई नेपाली परिचयपत्र देखाएर भारत प्रवेश गर्न दिएको छ। गत बुधबारदेखि भारतीय सीमासुरक्षा बल (एसएसबी)ले नेपालीलाई भारत प्रवेशमा रोक लगाएको थियो। रासस


प्रकाशित : आइतबार, भदौ २९ २०८२१३:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend