सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

यात्रुलाई सहजै गन्तव्यस्थल जान सक्ने गरी व्यवस्थापन गर्न अनुरोध

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, भदौ २९ २०८२
यात्रुलाई सहजै गन्तव्यस्थल जान सक्ने गरी व्यवस्थापन गर्न अनुरोध

आन्दोलनका क्रममा क्षति भएका सार्वजनिक सवारीका साधनहरु एवं कार्यालयहरुको यकिन गरी उचित क्षतिपूर्तिका लागि आवश्यक प्रकृया अगाडि बढाउने निर्णय पनि गरेको छ।

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चाडपर्वका समयमा काठमाडौं उपत्यकाबाट बाहिर जाने यात्रुहरूलाई सहजै गन्तव्यस्थलसम्म जान सक्ने गरी यातायातको व्यवस्थापन गर्न नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघलगायत सरोकारवाला सबैलाई अनुरोध गरेको छ। 

आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बसेको बैठकले आन्दोलनका क्रममा क्षति भएका सार्वजनिक सवारीका साधनहरु एवं कार्यालयहरुको यकिन गरी उचित क्षतिपूर्तिका लागि आवश्यक प्रकृया अगाडि बढाउने निर्णय पनि गरेको छ। 

ट्राफिक प्रहरीका लागि अत्यावश्यक पर्ने सामाग्रीहरू भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक सुरक्षा परिषद् लगायतबाट उपलब्ध गराउने साथै आन्दोलनका क्रममा लुटपाट गरिएका हतियार लगायतका सामाग्रीहरू सावारीका साधनहरूबाट ओसार पसार हुन नपाउने गरी तत्काल सूचना जारी गर्ने निर्णय पनि भएको छ।

'वर्तमान परिस्थिति एवं चाडपर्वको समयमा यात्रुको यात्रा सुरक्षित र सहज बनाउन एवं प्राप्त गुनासोहरूको तत्काल सम्बोधन गरी यातायात व्यवस्थापनमा सहजीकरण गर्न यातायात व्यवस्था विभागका महानिर्देशकको संयोजकत्वमा नेपाल प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा महाशाखा प्रमुख, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख, नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघ अध्यक्षलगायत सरोकारवालासहितको उच्चस्तरीय यातायात व्यवस्थापन समिति गठन गर्ने' निर्णय गरिएको छ। 


प्रकाशित : आइतबार, भदौ २९ २०८२१३:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend