काठमाडौं- बनेपा नगरपालिका'९ बाट ७३० राउण्ड गोलीसहित ८ जना पक्राउ परेका छन्।
उक्त नगरपालिकाको सोही वडाका २६ वर्षीय सिजन सुवाल, २८ वर्षीय सुवास गौतम, १८ र १५ वर्षका किशोर, बाराका २० वर्षीय महेश मुखिया, मकवानपुर बकैया गाउँपालिका' ६ का २४ वर्षीय सुशान्त लो, तेमाल गाउँपालिका' २ का २१ वर्षीय तिमोथी तामाङ र पनौती नगरपालिका' १० का ३४ वर्षीय अछुत खड्कालाई काभ्रे जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले शनिबार राति पक्राउ गरेको हो। रासस