सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

सबैको साथले सेवा पुन: सुरु गर्न दृढ संकल्पित छौँ : चन्द्रागिरि हिल्स

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, भदौ २९ २०८२
सबैको साथले सेवा पुन: सुरु गर्न दृढ संकल्पित छौँ : चन्द्रागिरि हिल्स

प्रदर्शनकै क्रममा मंगलबार तोडफोड तथा आगजनी गरिँदा केबलकारको बटम स्टेशनमा क्षति पुगेको छ।

काठमाडौं- चन्द्रागिरि हिल्स लिमिटेडले सबैको साथले सेवा पुन: सुरु गर्न आफूहरू दृढ संकल्पित रहेको बताएका छन्। 

'जेन-जी आन्दोलनले उठाएका सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी, स्वरोजगारी, राजस्वको सदुपयोग तथा समग्र आर्थिक समृद्धिका मुद्दाप्रति हाम्रो सम्मान र साझा उद्देश्य रहेको छ। तथापि सोही उद्देश्यका लागि भएको आन्दोलनका क्रममा भएका अकल्पनीय तथा अवाञ्छनीय गतिविधिका कारण सार्वजनिक कम्पनी (पब्लिक लिमिटेड) को रूपमा सञ्चालनमा रहेको यस चन्द्रागिरि केबलकारमा समेत ठूलो क्षति भएको छ' चन्द्रगिरिले भनेको छ।

'चन्द्रागिरि केबलकार कुनै एकल लगानी भएको संस्था होइन। यो पब्लिक लिमिटेड कम्पनीका रूपमा लाखौँ सेयरधनीहरूको साझा लगानी भएको राष्ट्रिय सम्पत्ति तथा भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि उत्कृष्ट पर्यटकीय गन्तव्य निर्माण गर्ने पवित्र सपनाको जगमा स्थापित भएको संस्था हो। नेपालको पर्यटन प्रवर्द्धन, राजस्व वृद्धि, रोजगारी सिर्जना र स्थानीय विकासमा यसले महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ' विज्ञप्तीमार्फत भनिएको छ। 

प्रदर्शनकै क्रममा मंगलबार तोडफोड तथा आगजनी गरिँदा केबलकारको बटम स्टेशनमा क्षति पुगेको छ।

'हामी पुनः उठ्ने छौँ र छिट्टै नै सेवा सुरु गर्न सक्षम हुनेछौँ। हामीसँग जोडिनुभएका कर्मचारी साथीहरू र उहाँहरूको परिवारको सपना तथा आम ग्राहकवर्गको अपेक्षा अटुट राख्न थप सक्रिय हुनेछौँ। आगामी दिनमा व्यावसायिक वातावरण थप सहज बन्नेछ भन्ने अपेक्षासहित अझ गुणस्तरीय सेवामा समर्पित रहँदै थप लगानी र रोजगारी सिर्जनामा प्रतिबद्ध रहेको यहाँहरूलाई विश्वास दिलाउन चाहन्छौँ' विज्ञप्तिमा भनिएको छ। 


प्रकाशित : आइतबार, भदौ २९ २०८२१३:०२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend