सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

सुक्खा पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

आइतबार, भदौ २९ २०८२
सुक्खा पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

काभ्रेभिर सडकमा करिब ५० मिटर सडकमा सुक्खा पहिरो जाँदा सडक ट्रयाकमा क्षति पुगेको छ।

मुस्ताङ- उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी-जोमसोम) सडक सुक्खा पहिरोका कारण आज बिहानैदेखि अवरुद्ध बनेको छ।

म्याग्दी र मुस्ताङको सिमाक्षेत्र थासाङ गाउँपालिका-४ स्थित काभ्रेभिरमा गएराति सडक माथिबाट सुक्खा पहिरो जाँदा सडक पूर्णरुपमा अवरुद्ध बनेको बेनी-जोमसोम सडकका सुपरभाइजर ईन्द्रसिंह शेरचनले जानकारी दिए।

काभ्रेभिर सडकमा करिब ५० मिटर सडकमा सुक्खा पहिरो जाँदा सडक ट्रयाकमा क्षति पुगेको सुपरभाइजर शेरचनको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले बेनी-जोमसोम सडकको काभ्रेभिरमा ठूला चट्टानसहितको सुक्खा पहिरो जाँदा सडक अवरुद्ध भएको बताए। अहिले डोजरको सहयोग पहिरो हटाउने काम भइरहेको उनको भनाइ छ। रासस


प्रकाशित : आइतबार, भदौ २९ २०८२१२:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend