सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

जेनजी आन्दोलनमा घाइते भएकाको नि:शुल्क उपचार र मृतकका परिवारलाई १० लाख रूपैयाँ क्षतिपूर्ति दिने प्रधानमन्त्रीको निर्णय

प्राथमिकताका आधारमा सरकारी संरचनाको पुनर्निर्माण गरिने

आइतबार, भदौ २९ २०८२
जेनजी आन्दोलनमा घाइते भएकाको नि:शुल्क उपचार र मृतकका परिवारलाई १० लाख रूपैयाँ क्षतिपूर्ति दिने प्रधानमन्त्रीको निर्णय

आन्दोलनका क्रममा सरकारी कार्यालय तथा सुरक्षा निकायका भवनहरुमा क्षति भएको छ।

काठमाडौं- अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छिन्।

प्रधानमन्त्री कार्कीले पदभार सम्हालेलगत्तै जेनजी आन्दोलनमा घाइते भएकाको नि:शुल्क उपचार र मृतकलाई सहिद घोषणा गर्दै तिनका परिवारलाई १० लाख रूपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेकी छिन्।

कार्कीलाई शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा नियुक्त गरेका थिए। शुक्रबार नै सपथ ग्रहण भएपनि आइतबारमात्रै  प्रधानमन्त्री कार्कीले पदभार ग्रहण गरेकी हुन्।

सिंहदबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जेनजीको आन्दोलनका क्रममा आगलागी भएपछि गृह मन्त्रालयका लागि निर्माण भएको नयाँ भवनमा राखिएको कार्यालय पुगेर प्रम कार्कीले पदभार ग्रहण गरेकी हुन्।

आन्दोलनका क्रममा सरकारी कार्यालय तथा सुरक्षा निकायका भवनहरुमा क्षति भएको छ। त्यसलाई व्यवस्थान गरी संरचनालाई प्राथमिकतामा राखेर निर्माण गर्नुपर्ने छ। क्षति भएका कार्यालयबाट नै अस्थायी रुपबाट पनि सेवा सञ्चालन हुनेछ।

क्षतिको आकलनका लागि योजना बनाएर अगाडि बढ्ने निर्णय पनि भएको मुख्यसचिव एकनारायण अर्यालले जानकारी दिए।

कार्कीलाई फागुन २१ गते प्रतिनिनिधिसभाको निर्वाचन गराउने गरी प्रधानमन्त्रीमा नियुक्त गरिएको हो।


प्रकाशित : आइतबार, भदौ २९ २०८२११:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend