मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

जेनजी आन्दोलनका क्रममा मौलाकाली केबलकारमा समेत ठूलो क्षति, सेवा छिट्टै सुचारु गर्ने प्रतिबद्धता

आइतबार, भदौ २९ २०८२
जेनजी आन्दोलनका क्रममा मौलाकाली केबलकारमा समेत ठूलो क्षति, सेवा छिट्टै सुचारु गर्ने प्रतिबद्धता

यहाँ भएको तोडफोड र आगजनीले कम्पनीको मात्र नभइ लगानीकर्तासँगै स्थानीयवासी, कर्मचारी पर्यटनमा नै असर पर्ने कम्पनीको भनाइ छ।

काठमाडौं- जेनजी आन्दोलनका क्रममा मौलाकाली केबलकारमा समेत ठूलो क्षति पुगेको छ।

कुनै व्यक्तिगत सम्पत्तिमात्र नभइ स्थानीय सेयरधनीहरुको समेत संयुक्त लगानी रहेको मौलाकालीका केबलकारमा आगजनी र तोडफोड गरिँदा क्षति पुगेको कम्पनीले जनाएको छ।

देशकै पर्यटन प्रवर्द्धन, राजस्व वृद्धि सँगसँगै स्थानीय रोजगारी सिर्जना र स्थानीय उत्पादनको बजार विकासमा मौलाकालीकाले महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। यहाँ भएको तोडफोड र आगजनीले कम्पनीको मात्र नभइ लगानीकर्तासँगै स्थानीयवासी, कर्मचारी पर्यटनमा नै असर पर्ने कम्पनीको भनाइ छ।

'यति ठूलो क्षति भए पनि हाम्रो सपना र अठोट भाँचिएका छैनन्। हामी सबैले हातेमालो गरी छिट्टै सेवा सुचारु गर्नेछौँ र अझ गुणस्तरीय सेवासहित नेपालको पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने संकल्प गर्दछौँ। हाम्रो यो संकल्पलाई पहिलेजस्तै अघि बढाउन स्थानीय समुदायको निरन्तर सहयोग रहने अपेक्षासहित र सुरक्षात्मक समन्वयका लागि सम्बन्धित निकायसँग विशेष आग्रह गर्दछौँ', कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।


प्रकाशित : आइतबार, भदौ २९ २०८२११:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend