सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

काठमाडौं उपत्यकामा सार्वजनिक सवारीसाधन सञ्चालन

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, भदौ २८ २०८२
काठमाडौं उपत्यकामा सार्वजनिक सवारीसाधन सञ्चालन

चितवनतर्फबाट आज सार्वजनिक बसहरु काठमाडौंका लागि प्रस्थान गरेकाले काठमाडौंबाट बाहिरी जिल्लामा जाने सवारीसाधन आज साँझदेखि चल्न सक्ने ट्राफिक प्रहरीले जनाएको छ।

काठमाडौं- जेनजीको प्रदर्शनका कारण पाँच दिनदेखि बन्द रहेको काठमाडौं उपत्यकाको सार्वजनिक सवारीसाधनको आवागमन सञ्चालन भएको छ। 

काठमाडौं उपत्यकामा आज सार्वजनिक बस, ट्याक्सीलगायत सवारीसाधन बिहानैदेखि चलिरहेका छन्। जेनजीको प्रदर्शनका कारण गत मंगलबारदेखि काठमाडौं उपत्यकामा ठप्प रहेको सार्वजनिक सवारीसाधनको आवागमन आजदेखि सुरु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपक गिरीले जानकारी दिए।

'शुक्रबार सार्वजनिकलगायतका सवारीसाधन फाट्टफुट्ट मात्रै चलेका थिए। बिहानदेखि बाक्लो सङ्ख्यामा चलेका छन्। यात्रुहरुको चहल पहल बढेको देखिन्छ' उनले भने।

त्यसैगरी चितवनतर्फबाट आज सार्वजनिक बसहरु काठमाडौंका लागि प्रस्थान गरेकाले काठमाडौंबाट बाहिरी जिल्लामा जाने सवारीसाधन आज साँझदेखि चल्न सक्ने ट्राफिक प्रहरीले जनाएको छ।

गत मंगलबारदेखि उपत्यका लगायतका सबै क्षेत्रमा जेनजीको प्रदर्शन भएसँगै नेपाली सेनाले कर्फ्यु लगाएपछि सार्वजनिक सवारीसाधन बन्द गरिएका थिए। आज बिहानदेखि काठमाडौंको कर्फ्यु हटाइएकाले जनजीवन सामान्य बनेको हो। रासस 


प्रकाशित : शनिबार, भदौ २८ २०८२१३:४१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend