काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि सागसब्जी र फलफूलको थोक मूल्य निर्धारण गरेको छ। समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार गोलभेँडा, आलु, प्याजदेखि च्याउ र फलफूलसम्मका उपजमा मूल्य तोकिएको छ।
गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ६० रुपैयाँ तोकिएको छ भने भारतीय गोलभेँडा ८० रुपैयाँमा कायम गरिएको छ। आलु रातो (नेपाली) प्रतिकिलो ५६ रुपैयाँ, आलु रातो (भारतीय) ४१ रुपैयाँ र प्याज सुकेको (भारतीय) ४२ रुपैयाँमा निर्धारण गरिएको छ। गाजर (लोकल) प्रतिकिलो १४० रुपैयाँ तोकिएको छ भने गाजर (तराई) १०० रुपैयाँमा बिक्री हुनेछ।
तरकारीतर्फ काउली र बन्दा प्रतिकिलो ६० रुपैयाँ, मूला ५० रुपैयाँ, भन्टा ३० देखि ५० रुपैयाँ, बोडी ९० देखि १२० रुपैयाँ, भिण्डी ८५ रुपैयाँ, पालुङ्गो, रायो र तोरीको साग १२०–१५० रुपैयाँमा कायम गरिएको छ। च्याउ (डल्ले) प्रतिकिलो ३०० रुपैयाँ तोकिएको छ भने कन्य च्याउ १७० रुपैयाँमा उपलब्ध हुनेछ। कुरिलो प्रतिकिलो ४५० रुपैयाँ र निगुरो १०० रुपैयाँमा निर्धारण गरिएको छ।
फलफूलतर्फ स्याउ (फुजी) प्रतिकिलो ३०० रुपैयाँ, केरा दर्जनको १३० रुपैयाँ, अनार प्रतिकिलो ३५० रुपैयाँ, जुनार २५० रुपैयाँ र कागती १५० रुपैयाँ तोकिएको छ। नास्पाती (लोकल) प्रतिकिलो १०० रुपैयाँमा तोकिएको छ भने चाइनिज नास्पाती २२० रुपैयाँमा निर्धारण गरिएको छ। किबी प्रतिकिलो ४५० रुपैयाँ, सरिफा १५० रुपैयाँ र आभोकाडो ३०० रुपैयाँ कायम गरिएको छ।
मसला र अन्य वस्तुहरूमा अदुवा प्रतिकिलो १२० रुपैयाँ, लसुन (चाइनिज) २२० रुपैयाँ, लसुन (नेपाली) १६० रुपैयाँ, हरियो धनियाँ १०० रुपैयाँ र खुर्सानी अकबरे २५० रुपैयाँमा तोकिएको छ। ताजा माछामध्ये रहु ३५० रुपैयाँ, बचुवा २८० रुपैयाँ र छडी २६० रुपैयाँ प्रतिकिलोमा निर्धारण गरिएको छ।
समितिले तोकेको मूल्य थोक दरमा लागू हुने जनाइएको छ। रासस