मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

सुशिला कार्की प्रधानमन्त्री बनेलगत्तै मोदीको शुभकामना, भारतले जनायो स्थिरता र सहकार्यको प्रतिबद्धता

शनिबार, भदौ २८ २०८२
सुशिला कार्की प्रधानमन्त्री बनेलगत्तै मोदीको शुभकामना, भारतले जनायो स्थिरता र सहकार्यको प्रतिबद्धता

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालकी नयाँ अन्तरिम सरकारका प्रधानमन्त्री सुशिला कार्कीलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

काठमाडौं- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालकी नयाँ अन्तरिम सरकारका प्रधानमन्त्री सुशिला कार्कीलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

नेपालमा अन्तरिम सरकार गठन भएको पृष्ठभूमिमा मोदीले शनिबार जारी गरेका सन्देशमा उनले नेपालका दाजुभाइ दिदीबहिनीहरूको शान्ति, प्रगति र समृद्धिप्रति भारत सदैव प्रतिबद्ध रहने बताएका छन्।

उनले भनेका छन्, 'हामीलाई आशा छ, सम्माननीय श्रीमती कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारले नेपालमा शान्ति र स्थिरतालाई प्रवर्द्धन गर्नेछ।'

मोदीले भारतलाई नेपालका नजिकका छिमेकी, लोकतान्त्रिक साथी र दीर्घकालीन विकास साझेदारका रूपमा चित्रण गर्दै दुवै देश र जनताको साझा हित, प्रगति तथा समृद्धिका लागि निरन्तर सहकार्य गरिरहने प्रतिवद्धता व्यक्त गरेका छन्।


प्रकाशित : शनिबार, भदौ २८ २०८२०९:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend