काठमाडौं- संसद् विघटनलगत्तै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने सहमति शीतल निवासमा जुटेको छ।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने सहमति आज साँझ सम्पन्न छलफलमा जुटेको हो।
राष्ट्रपति भवन शीतल निवासमा भएको उच्चस्तरीय राजनीतिक परामर्शमा कार्कीसहित राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानसेनापति अशोक सिग्देल र अधिवक्ता ओमप्रकाश अर्याल सहभागी थिए।
छलफलपछि प्रतिनिधिसभा विघटन गर्ने निर्णयमा सहमति जुटेको स्रोतहरूले बताएका छन्। कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले आजै संसद् विघटनको प्रस्ताव राष्ट्रपति समक्ष पेस गर्ने तयारी गरेका छन्।
त्यस्तै, राष्ट्रपति पौडेलले सो प्रस्ताव अनुमोदन गरी आजै संसद् विघटन गर्ने र तत्पश्चात् सुशीला कार्कीलाई प्रधानमन्त्रीको सपथ गराउने सहमति भएको बताइएको छ।
शुक्रबार दिनभर चल्दै आएको गहन छलफलको निष्कर्षस्वरूप यस्तो समझदारी बनेको हो।